यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर – Naya Bikalpa
August 20, 2026, Thursday      Epaper

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ २९ पैसा र बिक्रीदर २०८ रुपैयाँ ११ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ २३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ २७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ११ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७४ पैसा र बिक्रीदर २३ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १७ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ७२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सम्बन्धित समाचार

यी स्थानमा आज भारी वर्षाको सम्भावना
यी स्थानमा आज भारी वर्षाको सम्भावना
  • २०८३ भाद्र ४, ०७: ५८

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...

राप्रपा बागमती प्रदेशसभा सदस्य उद्धव थापालाई केन्द्रीय समितिदेखि संसदीय दलबाटै कारबाही हुँदै
राप्रपा बागमती प्रदेशसभा सदस्य उद्धव थापालाई केन्द्रीय समितिदेखि संसदीय दलबाटै कारबाही हुँदै
  • २०८३ भाद्र ४, ०७: ५८

काठमाडौं : राप्रपा बागमती प्रदेशसभा सदस्य उद्धव थापालाई केन्द्रीय समितिदेखि संसदीय दलबाटै कारबाही हुने भएको छ । थापाले व्यक्तिगत लेटरप्याड...

जाजरकोट–रुकुमका भूकम्पपीडितको आवास अनुदानसम्बन्धी व्यवस्था संशोधन गरिँदै
जाजरकोट–रुकुमका भूकम्पपीडितको आवास अनुदानसम्बन्धी व्यवस्था संशोधन गरिँदै
  • २०८३ भाद्र ४, ०७: ५८

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्पपीडितको निजी आवास निर्माणसम्बन्धी विद्यमान व्यवस्था संशोधनको तयारी भइरहेको बताएका छन्...