चार नेपाली चलचित्र जुध्दा सबै असफल – Naya Bikalpa
February 21, 2024, Wednesday

चार नेपाली चलचित्र जुध्दा सबै असफल

काठमाडौं । आफ्नो चलचित्र राम्रो र बलियो छ भन्ने अहमताले यो साता चार ओटा चलचित्रका निर्माता डुबेका छन् । मुलत नेपालमा एक साथ चारओटा चलचित्र रिलिज हुन छाडेको निकै भएको थियो । तर कुनै चाड पर्व नभएको अबस्थामा शुक्रबारबाट एक साथ चार ओटा नेपाली चलचित्र प्रदर्शन गर्दा चार ओटा मध्य तीन ओटा नराम्ररी असफल भएका छन् । एउटा चलचित्रले सामान्य व्यापार गरेको छ । शुक्रबारबाट बसन्त निरौला निर्देशित ‘मेला’, शँकर कार्की निर्देशित ‘रोमियो’ साम्तेन भुटिया निर्देशित ‘तान्द्रो’ र एनबी महर्जन निर्देशित ‘सकस’ प्रदर्शनीमा आएको हो । ती चार मध्य मेला बाहेका बाँकी तीन ओटा फिल्म पूर्ण असफल भए । एउटा मेलाले मात्र आसा लाग्दा व्यापार गरेको छ ।
निर्माता हरि पन्तको चलचित्र मेला मुलुकका ५० ओटा सिनेमा हलबाट प्रदर्शनमा आयो । यो चलचित्रले शुक्रबार राजधानी र मोफसलमा ठिकै व्यापार ग¥यो । शनिबार यो चलचित्रले काठमाडौंको गोपी, गुण, अष्टनारायण, बाराही, कलँकी लगायतका हलमा राम्रो व्यापार ग¥यो । यदी अरु तीन ओटा सिनेमा नजुधेको भए यो चलचित्रले राम्रो व्यापार गर्ने थियो । प्रेम कथामा आधारित यो चलचित्रमा सलोन बस्नेत, आमेश भण्डारी, अशिष्मा नकर्मीको अभिनयलाई दर्शकले रुचाएका छन् । यो चलचित्र धेरै राम्रो भने हैन । रिलिज भएका बाँकी तीन चलचित्र भन्दा केही मात्रामा मेलालाई राम्रो मानिएको हो ।
चलचित्र रोमियो पनि प्रेमकथामा आधारित रहेको थियो । यो चलचित्रलाई निर्माता एवं अभिनेता हसन राजा खानले निर्माण गरेका हुन् । यसअघि अलबिदा निर्माण गरेका हसनराजाले पहिलो जस्तै यो दोस्रो चलचित्रबाट पनि लगानी डुवाएका छन् । उनका अनुसार मुलुका चार दर्जन सिनेमा हलबाट रोमियो प्रदर्शनमा आएको हो । तर हलमा दर्शकको अक्युपेन्सी छैन । यो चलचित्रमा हसनराजा खानसँगै ओसिमा बानु, निशा अधिकारी, मेलिना मानन्धर, रुपा राना सहितको अभिनय रहेको छ । हसन र ओलिमा दुबैको अभिनय फिल्ममा कमसल मानिएको छ । भारतको मुम्बईबाट फिल्म निर्देशक सिकेर आएका भनिएका शँकर कार्कीको काममा दम देखिएन । उनको निर्देशन सामान्य भन्दा माथि देखिएन ।
मेला र रोमियोको तुलनामा तान्द्रोले निकै कम हल पाएको छ । पाँच वर्ष अघि छायाँकन गरिएको यो चलचित्र एक दशक लामो माओबादी जनयुद्धमा केन्द्रित छ । यो फिल्म हेर्दा दर्शकलाई एक दशकसम्म चलेको माओबादी जनयुद्धको धङधङीको याद दिलायो । फिल्म युद्ध भन्दा बढी नाटकीय भएको टिप्पणी दर्शकबाट तान्द्रोले खेप्यो । रामबाबु गुरुङ र निश्चल बस्नेतले निर्माण गरेको यो चलचित्रमा दयाहाङ राई, बुद्धी तामाङ, सरिता गिरी, रामबाबु गुरुङ, राजन खतिवडा सहितका रँगमञ्चका कलाकारको अभिनय थियो । उनीहरुको अभिनयले दर्शकलाई हलसम्म तान्न सकेन ।
यस्तै चलचित्र सकस काठमाडौं लगायतका महानगरमा हुने गुन्डागर्दीमा केन्द्रित रहेको निर्माण गरी हलसम्म ल्याईयो । यो साता प्रदर्शनमा आएका चार फिल्म मध्य सबै पनि कमजोर सिनेमाको रुपमा दर्शकले सकसलाई लिए । यो फिल्म पनि आधा दशक अघि निर्माण गरिएको थियो । प्रदर्शनमा यसलाई बल्ल ल्याईयो । यसलाई खलनायक सुन्दर श्रेष्ठले निर्माण गरेका हुन् । यो चलचित्र एक्सन प्रधान रहेको सुन्दरको भनाई छ । जसमा सुन्दरसँगै सुष्मा कार्की, महिमा श्रेष्ठ लगायतको अभिनय छ । उनीहरुको अभिनयले दर्शकलाई हलसम्म तान्न सकेन ।
यसरी एक साथ चार ओटा फिल्म रिलिज गर्न थालिएपछि निर्माता संघको ध्यान यसतर्फ गएको छ । अब सातामा दुई ओटा भन्दा बढी चलचित्र प्रदर्शन गर्न नपाउने नियम संघले ल्याउने अध्यक्ष आकाश अधिकारीले बताए । तर उनको नियमलाई निर्माताले मान्ने हुन की हैनन्, त्यो हेर्न बाँकी छ ।

सम्बन्धित समाचार

फागुन देखि बन्द हुँदै गोपीकृष्ण सिनेमा हल
फागुन देखि बन्द हुँदै गोपीकृष्ण सिनेमा हल
  • २०७४ कार्तिक २७, ०९: ४१

काठमाडौं । फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार एक विज्ञप्ति जारी...

करको विरोधमा भोलि देशभरका फिल्म हल बन्द हुने
करको विरोधमा भोलि देशभरका फिल्म हल बन्द हुने
  • २०७४ कार्तिक २७, ०९: ४१

काठमाडौं।सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक कर खारेजीको माग गर्दै साङ्केतिक...

अव्यवहारिक कर खारेजीको माग सहित आगामी २२ गते मुलुकभरका फिल्म हल बन्द हुने
अव्यवहारिक कर खारेजीको माग सहित आगामी २२ गते मुलुकभरका फिल्म हल बन्द हुने
  • २०७४ कार्तिक २७, ०९: ४१

काठमाडौं। आगामी माघ २२ गते मुलुकभरका फिल्म हल बन्द हुने भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको...