चार नेपाली चलचित्र जुध्दा सबै असफल – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

चार नेपाली चलचित्र जुध्दा सबै असफल

काठमाडौं । आफ्नो चलचित्र राम्रो र बलियो छ भन्ने अहमताले यो साता चार ओटा चलचित्रका निर्माता डुबेका छन् । मुलत नेपालमा एक साथ चारओटा चलचित्र रिलिज हुन छाडेको निकै भएको थियो । तर कुनै चाड पर्व नभएको अबस्थामा शुक्रबारबाट एक साथ चार ओटा नेपाली चलचित्र प्रदर्शन गर्दा चार ओटा मध्य तीन ओटा नराम्ररी असफल भएका छन् । एउटा चलचित्रले सामान्य व्यापार गरेको छ । शुक्रबारबाट बसन्त निरौला निर्देशित ‘मेला’, शँकर कार्की निर्देशित ‘रोमियो’ साम्तेन भुटिया निर्देशित ‘तान्द्रो’ र एनबी महर्जन निर्देशित ‘सकस’ प्रदर्शनीमा आएको हो । ती चार मध्य मेला बाहेका बाँकी तीन ओटा फिल्म पूर्ण असफल भए । एउटा मेलाले मात्र आसा लाग्दा व्यापार गरेको छ ।
निर्माता हरि पन्तको चलचित्र मेला मुलुकका ५० ओटा सिनेमा हलबाट प्रदर्शनमा आयो । यो चलचित्रले शुक्रबार राजधानी र मोफसलमा ठिकै व्यापार ग¥यो । शनिबार यो चलचित्रले काठमाडौंको गोपी, गुण, अष्टनारायण, बाराही, कलँकी लगायतका हलमा राम्रो व्यापार ग¥यो । यदी अरु तीन ओटा सिनेमा नजुधेको भए यो चलचित्रले राम्रो व्यापार गर्ने थियो । प्रेम कथामा आधारित यो चलचित्रमा सलोन बस्नेत, आमेश भण्डारी, अशिष्मा नकर्मीको अभिनयलाई दर्शकले रुचाएका छन् । यो चलचित्र धेरै राम्रो भने हैन । रिलिज भएका बाँकी तीन चलचित्र भन्दा केही मात्रामा मेलालाई राम्रो मानिएको हो ।
चलचित्र रोमियो पनि प्रेमकथामा आधारित रहेको थियो । यो चलचित्रलाई निर्माता एवं अभिनेता हसन राजा खानले निर्माण गरेका हुन् । यसअघि अलबिदा निर्माण गरेका हसनराजाले पहिलो जस्तै यो दोस्रो चलचित्रबाट पनि लगानी डुवाएका छन् । उनका अनुसार मुलुका चार दर्जन सिनेमा हलबाट रोमियो प्रदर्शनमा आएको हो । तर हलमा दर्शकको अक्युपेन्सी छैन । यो चलचित्रमा हसनराजा खानसँगै ओसिमा बानु, निशा अधिकारी, मेलिना मानन्धर, रुपा राना सहितको अभिनय रहेको छ । हसन र ओलिमा दुबैको अभिनय फिल्ममा कमसल मानिएको छ । भारतको मुम्बईबाट फिल्म निर्देशक सिकेर आएका भनिएका शँकर कार्कीको काममा दम देखिएन । उनको निर्देशन सामान्य भन्दा माथि देखिएन ।
मेला र रोमियोको तुलनामा तान्द्रोले निकै कम हल पाएको छ । पाँच वर्ष अघि छायाँकन गरिएको यो चलचित्र एक दशक लामो माओबादी जनयुद्धमा केन्द्रित छ । यो फिल्म हेर्दा दर्शकलाई एक दशकसम्म चलेको माओबादी जनयुद्धको धङधङीको याद दिलायो । फिल्म युद्ध भन्दा बढी नाटकीय भएको टिप्पणी दर्शकबाट तान्द्रोले खेप्यो । रामबाबु गुरुङ र निश्चल बस्नेतले निर्माण गरेको यो चलचित्रमा दयाहाङ राई, बुद्धी तामाङ, सरिता गिरी, रामबाबु गुरुङ, राजन खतिवडा सहितका रँगमञ्चका कलाकारको अभिनय थियो । उनीहरुको अभिनयले दर्शकलाई हलसम्म तान्न सकेन ।
यस्तै चलचित्र सकस काठमाडौं लगायतका महानगरमा हुने गुन्डागर्दीमा केन्द्रित रहेको निर्माण गरी हलसम्म ल्याईयो । यो साता प्रदर्शनमा आएका चार फिल्म मध्य सबै पनि कमजोर सिनेमाको रुपमा दर्शकले सकसलाई लिए । यो फिल्म पनि आधा दशक अघि निर्माण गरिएको थियो । प्रदर्शनमा यसलाई बल्ल ल्याईयो । यसलाई खलनायक सुन्दर श्रेष्ठले निर्माण गरेका हुन् । यो चलचित्र एक्सन प्रधान रहेको सुन्दरको भनाई छ । जसमा सुन्दरसँगै सुष्मा कार्की, महिमा श्रेष्ठ लगायतको अभिनय छ । उनीहरुको अभिनयले दर्शकलाई हलसम्म तान्न सकेन ।
यसरी एक साथ चार ओटा फिल्म रिलिज गर्न थालिएपछि निर्माता संघको ध्यान यसतर्फ गएको छ । अब सातामा दुई ओटा भन्दा बढी चलचित्र प्रदर्शन गर्न नपाउने नियम संघले ल्याउने अध्यक्ष आकाश अधिकारीले बताए । तर उनको नियमलाई निर्माताले मान्ने हुन की हैनन्, त्यो हेर्न बाँकी छ ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ कार्तिक २७, ०९: ४१

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ कार्तिक २७, ०९: ४१

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ कार्तिक २७, ०९: ४१

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...