भारतीय जनता पार्टीका संस्थापक नेता जसवन्त सिंहको निधन – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

भारतीय जनता पार्टीका संस्थापक नेता जसवन्त सिंहको निधन


नयाँ विकल्प,
काठमाडौं – भारतीय जनता पार्टी (बीजेपी)का संस्थापकमध्येका एक जसवन्त सिंहको आइतबार ८२ वर्षको उमेरमा दिल्लीको आर्मी अस्पतालमा निधन भएको छ ।

भारतको राजस्थानमा जन्मिएर भारतीय सैनिक सेवामा प्रवेश गरेका सिंहले सेनाको मेजर पदबाट राजिनामा दिँदै भाजपा गठन गर्दै राजनीतिमा प्रवेश गरेका थिए । बीजेपीको प्रभाव र पकड राजस्थानमा हुनुकोपछि सिंहको योगदान छ ।

भारतीय जनता पार्टीका नेता अटलबिहारी बाजपेयी नेतृत्वका सरकारमा सिंहले रक्षा मन्त्रालय, बिदेश मामिला र बित्त मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

तीन महिनाअघि अस्वस्थ भएर अस्पताल भर्ना भउका सिंहको मस्तिष्कमा समस्या भएको र विहान ६ बजे निधन भएको थियो ।

पूर्वमन्त्री तथा बीजेपीका वरिष्ठ नेता सिंहको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुख व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन ११, १४: ०७

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन ११, १४: ०७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन ११, १४: ०७

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...