चटपटेको निहुँमा १२ वर्षीया बालिकाको हत्या – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

चटपटेको निहुँमा १२ वर्षीया बालिकाको हत्या

     

नयाँ विकल्प

सुनसरी- आफन्त बाहिर गएकाे वेला घर कुरेर बसेकी १२ बर्षीय बालिकालाइ चटपटे किन्ने बहानामा लगेर हत्या भएकाे छ । सुनसरीकाे वराह नगरपालिका-१ कटहरे टोल बस्ने १२ वर्षीया बालिकाको चटपटेको निहुँमा हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति घटना भएको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले संघीय प्रहरी ईकाई कार्यालय केनाईन शाखामा ज्यान सम्वन्धी अनुसन्धानमा प्रयोग गरिने “लैला” नामको कुकुर समेतको सहयोगमा उनलाई पक्राउ गरेको हो ।

शुक्रबार राती राईकी आमा विरामी भई परम्परागत रुपमा हुने उपचारका लागि छिमेकीको घरमा सपरिवार गएको अवस्थामा घर रुङ्न बसेकी ती बालिका चटपटे किन्न आएका प्रतिवादीसँग चटपटे कै निहुमा विवाद हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनी उपर जिल्ला अदालत सुनसरीबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

६ राजदूतलाई फिर्ता बोलाइयो
६ राजदूतलाई फिर्ता बोलाइयो
  • २०७७ आश्विन ११, १८: ०५

काठमाडौं । सरकारले ६ राजदूतलाई फिर्ता बोलाएको छ ।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय...

नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा १६२ जनाको हत्या
नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा १६२ जनाको हत्या
  • २०७७ आश्विन ११, १८: ०५

काठमाडौं।नाइजेरियाको क्वारा प्रान्तमा बन्दुकधारीहरूको एक समूहले अन्धाधुन्ध आक्रमण गरी कम्तीमा १६२ जनाको हत्या गरेको छ ।रेड क्रसका क्वारा प्रान्तका सचिव...

हल्लाले गर्न सक्ने क्षति कम गर्न पनि  सर्वोच्च अदालतको तत्काल निर्णय आवश्यक
हल्लाले गर्न सक्ने क्षति कम गर्न पनि सर्वोच्च अदालतको तत्काल निर्णय आवश्यक
  • २०७७ आश्विन ११, १८: ०५

१.फेरि हल्ला सुरु भयो सूचना प्रविधिको आन्तरिक कुसूचनाका हल्लाले मुलुकहरुको अवस्था नाजुक हुन थालेको बेलामा नेपाल पनि सूचना प्रविधिको हल्लाका...