
नयाँ विकल्प,
काठमाडौ – दशै अगाडिनै मन्त्रिपरिषद बिस्तारको सोचाईमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मुड चेन्ज भएको छ। आईतबार अचानक बोलाइएको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीको मुडचेन्ज भएको देखिएको एक मन्त्रीले बताए।
बैठकको शुरुमा करिव एक घण्टा सम्म निर्देशन भाषण दिने ओलीले आईतबाको बैठकमा केही बोलेनन् । सिधै एजेण्डा के के छन् भनेर जिज्ञासा राखे। त्यसपछि केही मन्त्रालयहरुको सामन्य निर्णय भयो ।
महत्वपूर्ण निर्णय केही हुन सकेन। धेरै मन्त्रीहरु प्रधानमन्त्रीले मन्त्रालय फुटाउने अनुमान गरेर प्रधानमन्त्री निवास बालवुटार पुगेका थिए। तर त्यस्तो केही भएन। बालुवाटार स्रोतका अनुुसार प्रधानमन्त्री ओली मन्त्रालय फुटाएर त्यसको बद्नामीको जिम्मा आफुु लिन चाहदैनन् ।
अहिले सूचना तथा संचार मन्त्रालय, अर्थमन्त्रालय र शहरी विकास मन्त्रालय मन्त्री बिहीन छन् । यस मध्य संचार र अर्थ मन्त्रालय पुर्व एमालेका कोटाका हुन् । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मन्त्रालय फुटाउने कि नफुटाउने , कुन मन्त्रालय कसलाई दिने भन्ने बिषयमाम कुरा नमिलेपछि मन्त्रिपरिषद बिव्स्तारमा केही समय ढिलाई हुन लागेको बताइएको छ।
प्रचण्डले आफुलाई दवाव दिएको महसुस गरेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तारमा ढिलाई गर्न लागेको स्रोतले बतायो। पार्टीको विवाद समाधान गर्न महासचिव विष्णुु पौडेलको संयोजकत्वमा गठित कार्यदलको सुझाव विपरित प्रचण्डले दववा दिएको भन्दै आफुले त्यस्तो दवावमा परेर मन्त्रिमण्डल विस्तार नगर्ने आफु निकटस्थहरुलाई बताएको स्रोतले बतायो।
सरकारका नियुक्तिहरु अलपत्र
पार्टी भित्रको विवादका कारण केही सरकारी नियुक्तिहरुको औचत्य समाप्त भएको छ भने केही अलपत्र परेका छन्। सरकारले अध्यक्ष बनाउने उद्धेष्यले बाणिज्य बैकको सदस्यमा नियुक्त गरेको उपेन्द्र कोइराला उर्फ सम्धी एक महिना लामो समय बितिसक्दा पनि अलपत्र अवस्थामा छन् ।
प्रेस काउन्सिलको कार्यबाहक अध्यक्ष बनाउने उद्धेष्यले गरेको दुर्गा भण्डारीको नियुक्ति किशोर श्रेष्ठको एम्बुसमा परेको छ। त्यसैगरी अर्थ तथा उपप्रधानमन्त्री बनाउने उद्धेष्यले प्रचण्डको रोजाईमा राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका बामदेव गौतमको बिचल्ली भएको छ। प्रधानमन्त्री ओली निकट सेतका अनुसार ओलीले अर्थमन्त्रीमा विष्णु पौडेल तर्फ नजर लगाएका छन् ।
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...