पार्टी विधिसम्मत संचालन गर्न माग गर्दै रामचन्द्रदेखि सरितासम्मको उजुरी ( पूर्ण पाठ सहित) – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पार्टी विधिसम्मत संचालन गर्न माग गर्दै रामचन्द्रदेखि सरितासम्मको उजुरी ( पूर्ण पाठ सहित)

नयाँं विकल्प

काठमाडौ – नेपाली कांग्रेस पार्टी विधिसम्मत संचालन गर्न माग गर्दै पार्टीका पदाधिकारी सहित २७ केन्द्रीय सदस्यहरुले उजुरी गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासमक्ष उजुरी गर्दै सोमबार पार्टी मुख्यालय सानेपामा उजुरी दर्ता गरिएकाे हाे । पार्टी भित्रै संगठनमा बर्चश्वको चिन्तामा मात्र केन्द्रीत भएकाले नेतृत्व मूल प्रतिपक्षीय दायित्वबाट बञ्चित भएको, पार्टी भित्र अविश्वास, अनेकता र आशंकाको बादल मडारिएर संस्थापन र इतरपक्षका नाममा ध्रुवीकरणको स्थिति निम्तिएको उनीहरुले निवेदनमा उल्लेख गरेका छन् ।

उनीहरुले पार्टी समक्ष बिभिन्न माग समेत राखेका छन् । यसरी हस्ताक्षर गर्ने पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष . सीतादेवी यादव पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महत छन् ।

त्यसैगरी, पूर्वसहमहामन्त्री अर्जुननरसिंह के.सी. केन्द्रीय सदस्यहरू बलबहादुर के.सी, महेश आचार्य, दिलबहादुर घर्ती, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्दप्रसाद बडू, डा शेखर कोइराला, दीपक गिरी, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ्ग, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ्ग, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव, सरिता प्रसाईं, छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १२, १४: ४३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन १२, १४: ४३

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ आश्विन १२, १४: ४३

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...