निर्वाचन आयोगमा राप्रपाको सनाखत, अब एकता महाधिवेशनमा केन्द्रित हुने – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

निर्वाचन आयोगमा राप्रपाको सनाखत, अब एकता महाधिवेशनमा केन्द्रित हुने

नयाँ विकल्प ,

काठमाडौं – कमल थापा, पशुपति शम्सेर राण र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाबीच एकता भएकाे निर्वाचन आयोगमा सनाखत भएसँगै सो पार्टी भित्र एकता महाधिवेशनको चटारो सूरु भएको छ।

चुनाव चिन्हमा कुरा नमिल्दा एकता भएको लामो समयसम्म निर्वाचन आयोगमा निवेदन दर्ता भएपनि हस्ताक्षरको सनाखत भएको थिएन। तर नेताहरुबीच चुनाव चिन्ह हलो राख्ने सहमति भएपछि आयोगले सोमबार एकतामा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरुको हस्ताक्षर सनाखत गरेकाे हाे ।

सोमबार हस्ताक्षर सनाखत भएको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। सो पार्टीले आगामी बैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गने निर्णय गरिसकेको छ। राप्रपाको यसपटक महाधिवेशन प्रतिनिधि सकृय सदस्यताको आधारमा छनौट हुनेछ।

महाधिवेशनमा गाउँ पालिका, नगर, प्रदेश सभा क्षेत्र,संघीय क्षेत्र र जिल्ला अध्यक्षहरु स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । प्रत्येक प्रदेशसभा क्षेत्रीय कार्य समितीबाट ८ जना महाधिवेशन प्रतिनिधि छनौट गरिने छ ।

प्रतिनिधिमा महिला,जनजाति,उत्पीडित,थारु र पिछडिएको बर्गको सहभागिता सुनिश्चित गरिएको छ। महाधिवेशन प्रतिनिधि बन्नको निमित्त गाउँ,नगर ,उपमहानगर र महानगरपालिकामा क्रमशः ५१, १०१, २०१ र ३०१ न्युनतम सकृय सदस्य सख्या निर्धारण गरिएको छ।

तोकिएको सदस्य संख्या भन्दा दुई गुणा सक्रिय सदस्यता बनाए थप एक महाधिवेशन प्रतिनिधि बन्न सक्ने समेत नीति बनाईएको छ ।

पार्टी अध्यक्षत्रय राणा, डा. लोहनी र थापाको उपस्थितिमा सोमबार महाधिवेशन केन्द्रित बिशेष कार्ययोजना प्रस्तुत गरिएको थियाे । पार्टीको बैधानिक ब्यबस्था, सांगठानिक अबस्था र सकृय सदस्यता अभियानका विषयमा अध्यक्ष थापाले कार्यतालिका र समय सिमालाई ध्यान दिँदै महाधिवेशन केन्द्रित हुनु जोड दिएका छन् ।

कार्ययोजना प्रस्तुत गर्दै थापाले महाधिवेशनलाई संगठन निर्माणमा उपयोग गर्दै बैकल्पिक शक्तिको रुपमा पार्टीलाई स्थापित गर्ने गरि काम गर्नुपर्ने आबश्यकता औल्याए।

अर्का अध्यक्ष राणाले सत्तारूढ दलको अकर्मण्यता र प्रतिपक्षी दलको प्रभाबहिन भूमिकाबाट जनतामा निराशा छाएकोले राप्रपा जनताको मन जितेर बलियो बन्नु पर्ने बताए ।

अर्का अध्यक्ष डा. लोहनीले तल्लो तहसम्मको संगठन निर्माण अहिलेको प्रमुख आवश्यक्ता भएकोले संगठन सुदृढीकरण अभियानलाई महत्त्वका साथ देशब्यापी बनाउनु पर्ने बिचार ब्यक्त गरे । आगामी महाधिवेशनमा प्रबासबाट समेत प्रतिनिधि सहभागी हुनेछन् ।

करिब ५ हजार महाधिवेशन प्रतिनिधिको सहभागीता रहने बताइएकाे छ । सोमबारको कार्यक्रममा सचिवालय कार्य ब्यबस्था समिति, बिधान मस्यौदा सुझाव समिती र केन्द्रिय सचिवालयमा रहेका नेताहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १३, १२: ०३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १३, १२: ०३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १३, १२: ०३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...