
काठमाडौं । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले घोराही र नारायणपुर शाखा अन्तरगतका सदस्यहरुलाई घोराहीमा कार्यक्रमको आयोजना गरी व्यवसायका लागि आवश्यक सामाग्री तथा नगद अनुदान वितरण गरेको छ । संस्थामा आबद्ध ४० जना सदस्यहरुलाई सामुहिक रुपमा व्यक्तिगत रुपमा व्यवसाय प्रर्वद्धनका लागि अनुदान रकम प्रदान गरेको हो ।
कृर्षि एवम् पशुपालन, साना उद्यमीहरुका लागि आवश्यक सामाग्रीहरु, नगद गरि ८ लाख ९९ हजारको अनुदान रकम वितरण गरिएको थियो । जसमा ४ वडा मिनी टेलर (हाते ट्याक्टर), ३ वटा बोयर बोका, ८ वटा स्प्रे ट्याकी र मल्पीङ, २ वटा फ्रिज, एक थान सीलाई मेसिन, एक थान मोटर र एक थान ठेला एवं सदस्यहरुको आवश्यकता अनुसार नगद अनुदान सहयोग प्रदान गरिएको छ । कोरोना भाईरस संक्रमणको समयमा साना व्यवसायीहरु मारमा परेकाले व्यवसाय पर्वद्धनका लागि अनुदान वितरण शुरु गरेको संस्थाले जनाएको छ ।
उद्यम विकास कार्यक्रमद्धरा प्रर्वद्धन गरिएका साना तथा मझौला उद्यमी सदस्यहरुलाई संस्थागत संरक्षण कोषद्धारा व्यवसाय गर्नका लागि सदस्यहरुलाई अनुदान वितरण गरिएको महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाको भनाई छ ।
संस्थामा रहेको ग्राहक संरक्षण कोषमा हालसम्म ७ करोड रुपैया बचत भएको र त्यसमध्यबाट हरेक वर्ष सदस्यहरुलाई व्यवसाय प्रर्वद्धनका गर्नका लागि अनुदान रकम वितरण गरेको हो ।
‘नेपालमै बैंक तथा वित्तीय संस्थाहरुमध्य महिला सामुदायिक लघुवित्त वित्तीय संंस्थाले सदस्यहरुलाई ग्राहक संरक्षण कोषबाट अनुदान वितरण गरेको सायद पहिलो हो ।’ संस्थाकोभन्दा पनि सदस्यहरुका लागी व्यवसाय प्रर्वद्धन गर्ने उद्देश्यकासाथ ग्राहक संरक्षण कोषको स्थापना पहिलो प्रयास हो ।’
संस्थाले यस आर्थिक वर्षमा ६ वटा जिल्लामा सदस्यहरुलाई ग्राहक संरक्षण कोषमार्फत २ करोड रुपैया वितरण गर्ने योजना रहेको छ । युवा तथा महिलाहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा व्यवसाय प्रवद्र्धन गर्नका लागि आवश्यक पर्ने वित्तीय सेवा, प्राविधिक सेवा, तालिमको व्यवस्था गरिरहेको छ ।
कृषि, पशुपालन, साना उत्पादनमूलक उद्योग, सीपमूलक तालिम प्रदान गरि साना तथा मझौला उद्यमी निर्माण गरि सदस्यहरुको आर्थिक स्तरमा सुधार गर्दै गरिबी न्यूनिकरणमा टेवा पुर्याउँदै आएको तथा संस्थाले ग्रामीण क्षेत्रका महिला दिदीबहिनीहरुलाई पनि उद्यमी बनाउनुपर्छ भन्ने उद्देश्य हाल आएर पुरा हुदै गएको बताए ।
नेपालमा पछिल्लो समय कृषि र पशुपालन कार्यमा महिला तथा बालबालिकाहरु आकर्षित रहेकाले उनीहरुको व्यवसायलाई प्रर्वद्धन गर्न आवश्यक कामलाई महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाले संस्थागत रुपमा गरिरहेको भन्दै प्रसंशा व्यक्त गरेका थिए ।
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि यात्रुवाहक बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। सोमबार दिउँसो करिब साढे...
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य...
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन...