
नयाँ विकल्प ,
काठमाडौं – मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल जारी छ। तर मन्त्रालय फुटाउने र उपाध्यक्ष बामदेव गौतमलाई अर्थसहित उपप्रधानमन्त्री बनाउने अडानले सहमति जुटेको छैन।
प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्न दाहाल केहीबेर अघि प्रधानमन्त्रीकाे निवास पुगेका छन् । अघिल्लाे दिन सोमबार पनि ओली–दाहालबीच छलफल भएको थियो। करिब ३ घण्टासम्म भएको छलफलमा ठोस सहमति हुन सकेन।
मन्त्रिपरिषद् पुनर्गठनकै लागि ओली र दाहालबीच गत बिहीबारदेखि नियमित छलफल भइरहेको छ। मन्त्रिपरिषद् पुनर्गठन कुन विधि, प्रक्रियाबाट गर्ने, मापदण्ड के बनाउने भन्ने विषयमा अध्यक्षद्वयबीच सहमति जुटन् नसकेकाे हाे ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...