महिलालाई अघि बढ्न पार्टी नेतृत्वले नै दिएन – डा. आरजू राणा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

महिलालाई अघि बढ्न पार्टी नेतृत्वले नै दिएन – डा. आरजू राणा

नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसकी नेतृ एवम् पार्टी सभापति शेरवहादुर देउवाकी धर्मपत्नी डा.आरजू राण देउवाले महिलालाई पार्टीको माथिल्लो तहमा जान नेतृत्वले नै नदिएको आरोप लगाएकी छन् ।

पार्टीको भगिनी संस्था नेपाल महिला संघले मंगलबलार आयोजना गरेको भर्चुअल छलफलमा डा.राणाले भनिन्, ‘‘पुरुष हुँदैमा जन्मँदै क्षमता लिएर कोही आउँदैन, सबैकुरा समाजले नै स्थापित गर्ने हो, महिलालाई नेतृत्वमा जान पार्टिले नै छेकेको छ ।’

पुरुषप्रधान समाजमा अझै पनि महिलालाई अघि बढ्न धेरै गाह्रो रहेको भन्दै महिलालाई अधिकार दिने पार्टी नेतृत्व नै १८ औं शताब्दीमै रहेको आरोप लगाइन ।

पार्टी संगठनमा कम्तिमा ३३ देखि ४० प्रतिशत सदस्यता महिलाले पुर्याउन सुझाव दिँदै पुरुष १८ औं शताब्दीमै रहेकाले हरेक महिला एक पाइला अघि बढ्दा दुई पाइला पछि हट्नु पर्ने अवस्था रहेको बताइन् ।

‘महिला २१ औ शताब्दीमा पुगिसके तर पुरुष भने १८ औं शताब्दीमा छन् । महिला अन्तरिक्षमा पुगिसके पुरुषले गर्ने सबै काम महिलाले गर्न सक्छन् तर पुरुष भने महिलालाई नेतृत्वमा जान दिँदैनन्’, राणाले भनिन, ‘नेपालको संविधान र कांग्रेसको विधानमा पनि महिलाको बारे धेरै लेखिए पनि व्यवहारिक कार्यान्वयन हुन सकेको छैन् ।’

कांग्रेस पदाधिकारीमा एकजना मात्र महिला हुनु विडम्बनापूर्ण रहेको भन्दै जुन पार्टीले महिलालाई अघि बढाउँछ सोही पार्टी अघि बढ्ने राणाको धारणा थियो । क्षमता राख्ने महिलालाई अघि बढाउन पार्टी नेतृत्वलाई उनको सुझाब थियो ।

डा. राणाले नेपालको राजनीतिक महिलालाई अवसर दिने हो भने महिला आफ्नै खुट्टामा टेकेर राजनीतिमा अघि बढ्न ठोकुवा सक्ने ठोकुवा गरिन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १३, १४: ०६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १३, १४: ०६

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १३, १४: ०६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...