बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह – Naya Bikalpa
November 25, 2026, Wednesday      Epaper

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण उत्पन्न घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठुलो क्षति पुर्‍याउनुका साथै पुलसमेत बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेका हुन् ।

सभापति थापाले आज बिहान आएको बाढीले न्याक्चेत-फिलिम र धादिङ-गोरखा जोड्ने पुल बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै बूढीगण्डकीबाट त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशन पालना गर्न अनुरोध गरेका छन् ।

विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । उनले बाढी प्रभावित क्षेत्रमा हुन सक्ने थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरे ।

सम्बन्धित समाचार

स्थानीय निर्वाचनमा प्रतिनिधिसभाको जस्तो राजनीतिक हुरी चल्दैन : प्रचण्ड
स्थानीय निर्वाचनमा प्रतिनिधिसभाको जस्तो राजनीतिक हुरी चल्दैन : प्रचण्ड
  • २०८३ आश्विन २५, १४: ५८

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने बताएका छन्...

सरकारदेखि आफ्नै पार्टीसम्म कांग्रेस सभापति गगन थापाको कडा सन्देश
सरकारदेखि आफ्नै पार्टीसम्म कांग्रेस सभापति गगन थापाको कडा सन्देश
  • २०८३ आश्विन २५, १४: ५८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारलाई पाँच वर्षसम्म निर्वाध रूपमा काम गर्ने वातावरण दिनुपर्ने बताएका छन् ।...

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
  • २०८३ आश्विन २५, १४: ५८

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ...