रामचन्द्र पौडेल पार्टी विभाजन तिर लागेको सुजाताको आरोप – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

रामचन्द्र पौडेल पार्टी विभाजन तिर लागेको सुजाताको आरोप

कांग्रेस नेतृ सुजाता काेइराला

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न विभाग गठन गरेको र महाधिवेशनको तयारी नगरेको भन्दै ९ पेज लामो चेतावनी पत्र सोमबार पार्टी कार्यालयमा दर्ता गराइएकोमा नेतृ कोइरालाले आपत्ति जनाएकी हुन् ।

पार्टी पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाताले सभापतिको उम्मेदवार हुनकै लागि नेता पौडेलले गुटबन्दी गरेको आरोप लगाइन । उनले भनिन्, ‘रामचन्द्रजी नेकपासँग लड्ने कि आफ्नै पार्टीभित्र लडेर समाप्त हुने ?

प्राइम टेलिभिजनका पत्रकार ऋषि धमलासँगको अन्तवार्तामा नेतृ सुजाताले कम्युनिस्ट सरकारसँग जुध्नु पर्ने वेलामा आफ्नै पार्टीभित्र विग्रह ल्याउनेगरी पौडेलले पार्र्टी कार्यालयमा असहमतिपत्र दर्ता गराएको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले पौडेल समूहका नाममा आफ्नो हस्ताक्षर समावेश गराएको प्रति पनि आपत्ति जनाइन । उनले पौडेल निकटका केन्द्रीय सदस्य जीवन परियारले भेटेर हस्ताक्षर गर्नु भनेपछि हस्ताक्षर गरे पनि एकघन्टाभित्रै फोन गरेर आफ्नो असहमति रहेको जनाएको बताइन् ।

कांग्रेसभित्र आपसमै लडाइ गरे पार्टीको अस्तित्व नै समाप्त हुने बताउँदै सुजाताले गुटका नाममा पौडेलले गरिरहेका क्रियाकलाप आफुलाई मान्य नभएको बताइन् । कमजोरीका सबै दोष सभापति शेरबहादुर देउवालाई मात्रै दिएर नहुने बताइन ।

देउवाले आफू निकटका सबै साथीलाई एकजुट बनाउन सके पनि पौडेल समूहमै गुटै गुट मात्र रहेको खुलासा गरिन । आफुनो समूह भित्र कसले कसलाई सिध्याउने भन्ने खेल हुन थालेकाले आफू त्यस्ता बैठकमा जान पनि छाडेको सुजाताले स्पस्ट पारिन ।

सभापतिले पार्टीका विभाग गठन ढिला गरेकै आधारमा बिरोध गर्नुको कुनै औचित्य नभएको भन्दै सुजाताले विभागमा जिम्मेवारी पाएका पार्टीका साथिहरुमा उत्साह थपिएको दाबी गरिन् ।

‘पार्टी सभापतिको मात्रै कमजोरी देखाएर पार्टी कमजोर बनाउने खेलमा नेताहरु लागेका छन् । पार्टीको महाधिवशन फागुनमा गर्न अब सम्भव छैन् कम्तिमा तीन महिना सार्नु उपयुक्त हुन्छ ।’
उनले होटल र रेस्टुरेन्टमा बसेर सिक्नेचर क्याम्पेनिङ गर्ने भन्दा पनि पार्टी अफिसमै बसेर सभापतिलाई राखेर छलफल गर्नु उपयुक्त हुने सुजाताको सुझाव छ ।

पार्टी भित्र विभाजनको ठूलो विज रोप्न खोजिएको प्रति सतर्क रहने बेला आएको भन्दै सुजाताले पौडेलले पटक पटक अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसकेकोे आरोप लगाइन् ।

‘रामचन्द्रजीले पार्टी पदाधिकारीसहित अन्य धेरै अवसर पटक पटक पाएको,१३ औं महाधिबेशनमा सभापति उठेको, प्रधानमन्त्रीका लागि १६ पटकसम्म लडेको तर जित्न सक्नु भएन’, सुजाताले भनिन्, ‘रामचन्द्रजीले अवसर पाईँन भन्ने ठाउँ छैन ।’

सुजाताले काग्रेसलाई एकजुट बनाउन सक्षम व्यक्ति आउनुपर्छ भन्दै युवा मात्रै भनेर नहुने धारणा राखिन ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १३, १६: १५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १३, १६: १५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १३, १६: १५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...