कांग्रेसको खस-आर्य सहमहामन्त्रीमा मनोजमणि र जगदीश्वरनरसिंहको तीव्र प्रतिस्पर्धा – Naya Bikalpa
November 24, 2026, Tuesday      Epaper

कांग्रेसको खस-आर्य सहमहामन्त्रीमा मनोजमणि र जगदीश्वरनरसिंहको तीव्र प्रतिस्पर्धा

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस–आर्य क्लस्टर) तर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिको पछिल्लो विवरण अनुसार १ हजार ७ सय ७ मत गणना हुँदा आचार्यले ६ सय २३ मत प्राप्त गर्दै पहिलो स्थान बनाएका हुन् ।

उनलाई जगदीश्वरनरसिंह केसीले ५ सय ४५ मतका साथ पछ्याइरहेका छन्। आचार्य र केसीबीच ७८ मतको अन्तर रहेको छ ।

यसैगरी, सोही पदका अर्का उम्मेदवार दिनेश कोइरालाले ३ सय ३१ मत प्राप्त गरेका छन् भने शुभराम बस्नेतले १ सय १४ मत पाएका छन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा खस–आर्यसहित विभिन्न क्लस्टरका पदाधिकारी तथा केन्द्रीय सदस्य पदहरूको मतगणना कार्य तीव्र गतिमा जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

आज थप छ क्लस्टरको गणना भइरहेको छ भने केही क्लस्टरको हिजोदेखि मतगणना भइरहेको छ ।

सम्बन्धित समाचार

स्थानीय निर्वाचनमा प्रतिनिधिसभाको जस्तो राजनीतिक हुरी चल्दैन : प्रचण्ड
स्थानीय निर्वाचनमा प्रतिनिधिसभाको जस्तो राजनीतिक हुरी चल्दैन : प्रचण्ड
  • २०८३ आश्विन २८, १२: ४६

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने बताएका छन्...

सरकारदेखि आफ्नै पार्टीसम्म कांग्रेस सभापति गगन थापाको कडा सन्देश
सरकारदेखि आफ्नै पार्टीसम्म कांग्रेस सभापति गगन थापाको कडा सन्देश
  • २०८३ आश्विन २८, १२: ४६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारलाई पाँच वर्षसम्म निर्वाध रूपमा काम गर्ने वातावरण दिनुपर्ने बताएका छन् ।...

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
  • २०८३ आश्विन २८, १२: ४६

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ...