कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन्।

सहमहामन्त्री पदको अन्तिम मतपरिणामअनुसार केसीले २ हजार १९९ मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत प्राप्त गर्दा शुभराम बस्नेतले ५३५ मत पाएका छन्।

खस आर्यतर्फको सहमहामन्त्री पदमा चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए। मतपरिणामअनुसार आचार्यले २ हजार ६४८ मतसहित पहिलो स्थान हासिल गर्दा केसी २ हजार १९९ मतसहित दोस्रो स्थानमा रहे। कोइरालाले १ हजार २४६ मत र बस्नेतले ५३५ मत प्राप्त गरेका छन्।

आचार्य र केसीबीचको मतान्तर ४४९ रहेको छ। कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट आचार्य खस आर्यतर्फ सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

सम्बन्धित समाचार

कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
  • २०८३ आश्विन ३०, ११: ४४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा छुटेका योग्य नेताहरूलाई समेट्दै संगठनलाई थप प्रभावकारी बनाउने बताएका छन्।...

खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत, इन्द्रबहादुर बानियाँलाई तेस्रो सर्वाधिक मत
खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत, इन्द्रबहादुर बानियाँलाई तेस्रो सर्वाधिक मत
  • २०८३ आश्विन ३०, ११: ४४

ललितपुर : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख समेत रहनुभएका चिरीबाबु महर्जन सर्वाधिक मत प्राप्त गर्दै...

हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
  • २०८३ आश्विन ३०, ११: ४४

काठमाडौँ— गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक...