कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ ।

कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीहरूको महान् पर्व दसैंको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो ।

आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेकी छन् ।

उनले भनिन्, “आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला ।” उक्त मितिबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने कामपाले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
  • २०८३ आश्विन ३०, ११: ५०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा छुटेका योग्य नेताहरूलाई समेट्दै संगठनलाई थप प्रभावकारी बनाउने बताएका छन्।...

खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत, इन्द्रबहादुर बानियाँलाई तेस्रो सर्वाधिक मत
खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत, इन्द्रबहादुर बानियाँलाई तेस्रो सर्वाधिक मत
  • २०८३ आश्विन ३०, ११: ५०

ललितपुर : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख समेत रहनुभएका चिरीबाबु महर्जन सर्वाधिक मत प्राप्त गर्दै...

हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
  • २०८३ आश्विन ३०, ११: ५०

काठमाडौँ— गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक...