
ललितपुर : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख समेत रहनुभएका चिरीबाबु महर्जन सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन् ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार महर्जनले पाँच हजार ३३० मत प्राप्त गरेका हुन् ।
प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेत निष्कल राईले चार हजार ९५६ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन् ।
त्यस्तै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चार हजार ७३२ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रा डा गोविन्दराज पोखरेलले चार हजार ४६०, इन्जिनियर मोहन आचार्यले चार हजार ३७०, जितनारायण श्रेष्ठले चार हजार ३४७ र प्रवल थापाले चार हजार १७५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, गणेश लामाले तीन हजार ९२५, राजीव कोइरालाले तीन हजार ९१३, हिमालदत्त श्रेष्ठले तीन हजार ७३४, डा शोभाकर पराजुलीले तीन हजार ४८८, विद्वान् गुरुङले तीन हजार ४६८ र अर्जुनप्रसाद जोशीले तीन हजार ३९३ मत प्राप्त गरेका छन् ।
इ अमृत ज्ञवालीले तीन हजार ३४९, सन्दीप रानाले तीन हजार २७१, इ नवराज त्रिपाठीले तीन हजार २६३, भरतकुमार शाहले तीन हजार १८५, नरेन्द्रकुमार केरुङले तीन हजार १६४ र मीनकृष्ण महर्जनले तीन हजार १०० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, बलदेव तिमल्सिनाले तीन हजार ७१, महेश खरेलले तीन हजार २८, जन्मजय तिमल्सिनाले दुई हजार ९७०, युवराज पाण्डेयले दुई हजार ९४६ र कुमार लुइँटेलले दुई हजार ८८० मत प्राप्त गरेका छन् ।
इ ऋषि कोइरालाले दुई हजार ८६१, इ दीपक बाबु कँडेलले दुई हजार ८५१, उज्ज्वलप्रसाद बरालले दुई हजार ८२२ र किरण केसीले दुई हजार ७७४, दीपक भट्टराईले दुई हजार ७६३, महेन्द्रकुमार शर्माले दुई हजार ७४७, डा सुरजराज काफ्लेले दुई हजार ६४३, डा मुकेशराज काफ्लेले दुई हजार ५९९, मदनकृष्ण श्रेष्ठले दुई हजार ५८६ र प्रमोदहरि गुरागाईंले दुई हजार ५५९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, लेखनाथ पोखरेलले दुई हजार ४९५, किरण किशोर घिमिरेले दुई हजार ४७१, रवि सिंहले दुई हजार ४५९, डा कृष्णप्रसाद पौडेलले दुई हजार ४५५, तिलकबहादुर रानाभाटले दुई हजार ४४४, प्रदीपकुमार सुनुवारले दुई हजार ४३० र प्रकाशसिंह कार्कीले दुई हजार ४१९ मत प्राप्त गरेका छन् ।
डा मुक्तिराम श्रेष्ठले दुई हजार ३५७, कृष्ण रिजालले दुई हजार ३४२, नीलकण्ठ रिजालले दुई हजार ३०५ र सुधांशु कोइरालाले दुई हजार २५६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने व्यवस्था छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा छुटेका योग्य नेताहरूलाई समेट्दै संगठनलाई थप प्रभावकारी बनाउने बताएका छन्।...
काठमाडौँ— गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् । ७१औं...