हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ— गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको बताएका छन्। ७१ औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ कानुनमार्फत प्रहरी कर्मचारीको सेवा अवधि, वृत्ति विकास र सेवा सुविधामा ठोस परिवर्तन गरिने घोषणा गरेका हुन्।
गृह मन्त्रालयले अगाडि बढाएको नयाँ कानुनमा प्रहरीको मनोबल उच्च राख्ने व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले सरुवा–बढुवा प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाइने प्रतिबद्धता जनाए।
नयाँ प्रहरी विधेयक र गृह मन्त्रालयका मुख्य योजनाहरू:
कानुनी सुधार: सात दशक पुरानो प्रहरी ऐनलाई प्रतिस्थापन गरी समयानुकूल नयाँ प्रहरी विधेयक ल्याइने।

पारदर्शी मूल्याङ्कन: सरुवा र बढुवाका लागि हाकिम फकाउने परिपाटीको अन्त्य गर्दै काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन प्रणाली स्थापना गरिने।
सुविधामा वृद्धि: प्रहरी कर्मचारीहरूको आवास, स्वास्थ्य जस्ता आधारभूत सुविधाहरू बढाइनुका साथै विपद् उद्धारमा खटिनेका लागि जोखिम भत्ता र खाजा खर्चको प्रबन्ध गरिएको।
पूर्ण डिजिटलाइजेसन: प्रहरी प्रशासनका सम्पूर्ण कार्यहरूलाई पारदर्शी बनाउन डिजिटल प्रणालीमा लैजाने प्रक्रिया सुरु भइसकेको।
दरबन्दी थप र पूर्वाधार: संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमार्फत दरबन्दी थप गर्न प्रस्ताव अघि बढाइएको र भौतिक पूर्वाधार तथा प्रविधिमा लगानीलाई प्राथमिकता दिइने।

गृहमन्त्री गुरुङले अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान जोगाउन उनीहरूको अनुभव, ज्ञान र सिपलाई राज्यले उपयोग गर्ने नीति अघि सारेको समेत जानकारी दिए। नागरिकको बढ्दो अपेक्षा पूरा गर्न प्रहरीले सरकारको गति (स्पिड) र भावना (स्पिरिट) अनुसार काम गर्नुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचार र शक्तिको दुरुपयोगविरुद्ध शून्य सहनशीलता अपनाइने बताए। भीड नियन्त्रण तथा बल प्रयोग गर्दा आवश्यकता, आनुपातिकता र जवाफदेहिताको सिद्धान्तलाई कडाइका साथ पालना गर्न समेत उनले निर्देशन दिएका छन्।

सम्बन्धित समाचार

काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
  • २०८३ आश्विन ३०, १२: १३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने...

कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
  • २०८३ आश्विन ३०, १२: १३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा छुटेका योग्य नेताहरूलाई समेट्दै संगठनलाई थप प्रभावकारी बनाउने बताएका छन्।...

खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत, इन्द्रबहादुर बानियाँलाई तेस्रो सर्वाधिक मत
खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत, इन्द्रबहादुर बानियाँलाई तेस्रो सर्वाधिक मत
  • २०८३ आश्विन ३०, १२: १३

ललितपुर : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख समेत रहनुभएका चिरीबाबु महर्जन सर्वाधिक मत प्राप्त गर्दै...