
नयाँ विकल्प
गाेरखा- गण्डकी गाउँपालिका वडा नम्बर ५ दर्बुङ गाउँका किसान राजेन्द्र श्रेष्ठले पोखरीमा पालेका माछा मरेका छन्। कसैले पोखरीमा विष हालिदिएका कारण माछा मरेको खुलेकाे छ।
गत जेठमा पोखरीमा राखेका माछा दसैंमा बिक्री गर्ने उनको तयारी थियो। बूढीगण्डकी पशुपन्छी फार्म सञ्चालन गर्दै आएका श्रेष्ठले दुइटा पोखरीमा माछा पालेका थिए। सोमबार बिहान दुबै पोखरीका माछा मरेका हुन्।
भेटेरिनरीका कर्मचारीले मरेका माछाको पोस्टमार्टम गर्दा विषका कारण मरेको देखिएको हो।किसान श्रेष्ठ कोरोनाका कारण आइसोलेसनमा छन्।
उनको परिवार क्वारेन्टिनमा छ। पोखरीको रेखदेख गर्न नपाउँदा कसैले विष हालिदिएको हुन सक्ने अनुमान छ। छ सय ५० वटा माछा मरेका छन्। उनले पोखरीमा माछालाई विष हालिदिने समूहको खोजी गरी कारबाहीको दायरामा ल्याउन वडा कार्यालय र प्रहरी चौकी घ्याल्चोकलाई आग्रह गरेका छन्।
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...