एनपिएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

एनपिएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने


काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । व्यापक परिवर्तनसहित एनपीएलको नयाँ संस्करण आजदेखि सुरु हुन लागेको हो ।

एनपिएलको लागि सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतियोगिताको पहिलो खेल आज बेलुकी ५ बजे हुनेछ । यो खेल साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

करिब एक महिनासम्म चल्ने यो प्रतियोगिताका लागि आयोजक क्यानले व्यापक परिवर्तन ल्याएको छ । क्यानले प्रतियोगिताका सबै खेल हुने त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति गरेको छ भने डीआरएस प्रणाली लागू गरेको छ ।

यसका साथै योपटक सहभागी टोलीहरूले विश्वचर्चित विदेशी खेलाडी भित्र्याएको खेलको रौनक थप बढेको छ ।

प्रतियोगितामा आठ टोली सहभागी छन् ।

सम्बन्धित समाचार

एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
  • २०८३ कार्तिक १०, ०७: २५

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउनुका...

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
  • २०८३ कार्तिक १०, ०७: २५

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी...

एनपिएलमा आज दुई खेल
एनपिएलमा आज दुई खेल
  • २०८३ कार्तिक १०, ०७: २५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न १२:३०...