कात्तिक १७ र १८ गते करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

कात्तिक १७ र १८ गते करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौं : यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ ।

सरकारले आर्थिक वर्ष २०८३/०८४ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैं परेकोले कात्तिकको १७ र १८ गते खुवाउन तयारी थालिएको हो ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाले  भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने जानकारी दिए ।

भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने भएको छ ।  भिटामिन ‘ए’ सबै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकेको छ ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने थापाले बताए ।

सम्बन्धित समाचार

काठमाडौंमा प्रहरीको ‘स्विप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
काठमाडौंमा प्रहरीको ‘स्विप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
  • २०८३ कार्तिक १०, ११: ३०

काठमाडौं : काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्विप अपरेसन’ मा ७५...

साउदीमा सुरक्षा खतरा बढेपछि सतर्कता अपनाउन नेपाली राजदूतावासको आग्रह
साउदीमा सुरक्षा खतरा बढेपछि सतर्कता अपनाउन नेपाली राजदूतावासको आग्रह
  • २०८३ कार्तिक १०, ११: ३०

काठमाडौं : साउदी अरबको पूर्वी क्षेत्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपाली श्रमिकको मृत्यु भएपछि नेपाली राजदूतावास रियादले साउदी अरबमा कार्यरत...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
  • २०८३ कार्तिक १०, ११: ३०

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । नेपाल...