दाहालले सरकारमा हस्तक्षेप गर्न खोजेको भन्दै ओेलीले भने – ‘भो अब प्रचण्डलाई भेट्दिन’ – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
सरकार सञ्चालनमा प्रचण्डकाे हस्तक्षेपले ओली दिक्क

दाहालले सरकारमा हस्तक्षेप गर्न खोजेको भन्दै ओेलीले भने – ‘भो अब प्रचण्डलाई भेट्दिन’

नयाँ विकल्प,

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार हुने भनिएको भेटवार्ता अचानक स्थगित भएको छ ।

ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ । दुइ नेतावीच बुधबार बिहान भेट गर्ने कार्यक्रम थियो। मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत बिहीबारदेखि दैनिकजासो भेटवार्ता हुँदै आएको थियो ।

मंगलबार दुई नेताबीच भएको छलफलमा भेटवार्तालाई निरन्तरता दिने सहमति भएको थियो। अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद बिस्तारका बिषयमा प्रधानमन्त्री ओलीलाई यो साता अनेक दवाव दिएका कारण उनी दिक्क बनेको वालुवाटार स्रोतले बतायो।

ओलीले सरकार संचालनमा सहमति विपरित दाहालले हस्ताक्षेप गरेको भन्दै ‘भो अब तत्काल प्रचण्डलाई नभेटौं’ भन्दै भेट स्थगित गरिएको स्रोतले बतायो।

यस अघिका भेटमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तारमा प्रचण्डको सुझाव लिने तर त्यो बाध्यकारी नहुने जवाफ दिएका थिए।

प्रधानमन्त्री समेत रहेका ओली अहिलेको मन्त्रिमण्डलमा रहेका धेरैजसो मन्त्रिहरुलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् तर प्रचण्ड मन्त्रिपरिषद फेरबदल गरेर आफु अनुकलका मन्त्रीहरु राख्ने पक्षमा छन् ।

स्थायी समिति र सचिवालय बैठकको म्याण्डेटलाई समेत ख्याल गरेर मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने भएपनि उक्त म्याण्डेट विपरित ओली जान खोजेको प्रचण्डको आरोप छ। गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठक र असोज ४ गते सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

ति दुवै बैठकले अध्यक्षद्धयको सहमतिका आधारमा मापदण्ड तय गर्ने र सोही आधारमा नयाँ मन्त्री छनोट गर्ने टुुंगो लगाएको थियो । त्यसपछि मापदण्डबारे छलफल गर्न जुटेका ओली र प्रचण्ड आ–आफ्नो अडानबाट टसको मस नभएपछि कुरा मिल्न सकेको छैन ।

सो बैठक भन्दा अगाडि महसचिव विष्णु पौडेलेको संयोजकत्वमा गठित कार्यदलले ओलीले सरकार संचालन गर्ने र अर्का अध्यक्ष दाहालले पार्टीमा कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने सुझाव दिएको थियो।

तर प्रधानमन्त्री ओलीले आफुले पार्टीको कार्यकारी भूमिकामा हस्ताक्षेप नगरेको तर दाहालले सरकार संचालनमा हस्ताक्षेपको प्रयास गरेको गुनासो गर्दै आएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १४, १२: ०८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १४, १२: ०८

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १४, १२: ०८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...