

नयाँँ विकल्प
काठमाडौ – नेकपा उपाध्यक्ष बामदेव गौतमबिरुद्ध सर्बोच्चमा परेको रिटको सुनुवाई लम्विने संभावना बढेको छ। रिटको पक्ष र बिपक्षमा बहस गर्ने कानून ब्यबसायीहरु दर्जन भन्दा बढी भएकाले सुनुवाई लम्बिन सक्ने एक कानून ब्यबसायीले बताए।
सो रिट उपर छलफल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलाश गठन भएको छ। बुधबार पहिलो नम्बरमा गौतमविरुद्धको रिट उपर पेशी चढेको थियाे ।
गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा वर्दिया १ बाट हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित रिट दायर भएको थियो।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर ४ असोजमा रिट दायर गरेका थिए ।
राष्ट्रपतिद्वारा राष्ट्रिय सभा सदस्यमा मनोनित गौतमले पद तथा गोपनियताको सपथ लिइसकेका छन् । उनलाई मन्त्री बनाउने बिषयमा बिवाद छ। एक कानून ब्यबसायीका अनुसार सबैधानिक ईजालास अरु जस्तो दिनैपिच्छे बसीरहन मिल्दैन।
सर्बोच्चका पाँच न्यायायधीश सामान्य मुद्धामा अल्झिरहने हुँदा अन्या मुद्धा प्रभावित हुने गर्दछन् । गौतमको सूनुवाई अग्राधिकार भित्र पर्दैन। त्यसकारण अदालतले यसका लागि प्रशस्त समय लिन सक्छ। ईजलासले यस बिषयमा धेरै छलफल गर्न सक्छ। त्यसकारण यो मुद्धा लम्विन सक्ने एक कानून ब्यबसायीले बताए।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...