जलवायु जोखिममा ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

जलवायु जोखिममा ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव

काठमाडौं : संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले नेपालका बालबालिकामा बढ्दो जलवायु तथा वातावरणीय जोखिम न्यूनीकरण गर्न बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न सरकारलाई सुझाव दिएको छ ।

युनिसेफले आज सार्वजनिक गरेको नयाँ पैरवी प्रतिवेदनमा नेपालका लाखौं बालबालिका जलवायु परिवर्तन, वातावरणीय प्रदूषण तथा विपद्का जोखिमबीच हुर्किरहेको उल्लेख गर्दै त्यसले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा र भविष्यमा गम्भीर असर पारिरहेको जनाएको छ ।

प्रतिवेदनले जलवायु परिवर्तनका कारण बालबालिकाको वर्तमान र भविष्य प्रभावित भइरहेको उल्लेख गर्दै जलवायुसम्बन्धी नीति, बजेट तथा कार्यक्रम निर्माण गर्दा बालबालिकालाई केन्द्रमा राखेर तत्काल कदम चाल्न आग्रह गरेको छ ।

प्रतिवेदनअनुसार नेपालमा ७३ लाख बालबालिका खडेरीको जोखिममा छन् । यसबाट खानेपानी, जीविकोपार्जन, कृषि उत्पादन र पोषणमा असर पर्ने देखिएको छ । यस्तै, ५७ लाख बालबालिका अत्यधिक गर्मीको जोखिममा छन् भने २९ लाख बालबालिका वर्षाजन्य पहिरोको जोखिममा रहेका छन् । अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्य, सिकाइ र दैनिक जीवनमा असर पारिरहेको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तनले बालबालिकालाई प्रत्यक्ष जोखिममा पार्नुका साथै उनीहरूका लागि आवश्यक आधारभूत सेवामाथि समेत दबाब बढाइरहेको प्रतिवेदनमा जनाइएको छ ।

“जलवायु संकट क्रमशः बालअधिकार संकटमा परिणत हुँदै गएको छ,” युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाले भनेकी छन्, “जलवायु परिवर्तनको समस्या सिर्जना गर्न बालबालिकाको योगदान नगण्य भए पनि यसको सबैभन्दा गम्भीर असर उनीहरूले भोगिरहेका छन्। बाढी, खडेरी, अत्यधिक गर्मी तथा प्रदूषणका प्रत्येक घटनाले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा र सुरक्षामा प्रत्यक्ष असर पारिरहेको छ ।”

प्रतिवेदनले जलवायु संकटको असर सबै बालबालिकामा समान रूपमा नपर्ने उल्लेख गरेको छ । गरिब परिवारका बालबालिका, बालिका, अपांगता भएका बालबालिका, ऐतिहासिक रूपमा सीमान्तकृत समुदायका बालबालिका तथा दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बालबालिका बढी जोखिममा रहेको प्रतिवेदनमा जनाइएको छ ।

यसैबीच, नेपाल सरकारले बालबालिका तथा युवामैत्री जलवायु कार्यलाई अघि बढाउने क्रममा कात्तिक १२ गते सम्पन्न राष्ट्रिय जलवायु सम्मेलनका अवसरमा ‘बालबालिका, युवा तथा जलवायु कार्यसम्बन्धी घोषणापत्र’ औपचारिक रूपमा अनुमोदन गरेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहको भारत भ्रमण : नेपाल-भारतबीच आठ विषयमा समझदारी (सूचीसहित)
प्रधानमन्त्री शाहको भारत भ्रमण : नेपाल-भारतबीच आठ विषयमा समझदारी (सूचीसहित)
  • २०८३ कार्तिक २०, १२: ००

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी भएको छ । भ्रमणको...

भारत-नेपालबीचको सम्बन्ध छिमेकीको मात्र होइन, अद्वितीय विश्वासमा आधारित : भारतीय प्रधानमन्त्री मोदी
भारत-नेपालबीचको सम्बन्ध छिमेकीको मात्र होइन, अद्वितीय विश्वासमा आधारित : भारतीय प्रधानमन्त्री मोदी
  • २०८३ कार्तिक २०, १२: ००

नयाँ दिल्ली (भारत) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट...

बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
  • २०८३ कार्तिक २०, १२: ००

नयाँ दिल्ली : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । सोमबार नयाँ दिल्लीमा...