प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता


काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।

भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले बिहान ११ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

त्यसपछि बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ।

वार्तामा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन र भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माणलगायत विषयमा छलफल गर्ने तयारी छ।

द्विपक्षीय वार्तापछि प्रधानमन्त्री बालेन र मोदीले विभिन्न परियोजनाको भर्चुअल उद्घाटन गर्नेछन्।

त्यस क्रममा दुवै देशबीच समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्र आदानप्रदान हुनेछ। त्यसपछि संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ मंसिर ८, ०७: ०१

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता
  • २०८३ मंसिर ८, ०७: ०१

नयाँ दिल्ली : भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।...

प्रधानमन्त्री शाह भारत पुगे, उच्चस्तरीय भेटवार्ता गर्ने
प्रधानमन्त्री शाह भारत पुगे, उच्चस्तरीय भेटवार्ता गर्ने
  • २०८३ मंसिर ८, ०७: ०१

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री...