प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता

नयाँ दिल्ली : भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।

उनीहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणमा भारत आएका हुन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायत उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह भारत पुगे, उच्चस्तरीय भेटवार्ता गर्ने
प्रधानमन्त्री शाह भारत पुगे, उच्चस्तरीय भेटवार्ता गर्ने
  • २०८३ मंसिर ७, १९: ०८

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री...

नयाँ दिल्ली आइपुगे प्रधानमन्त्री शाह, भारतीय राज्यमन्त्रीले गरे स्वागत
नयाँ दिल्ली आइपुगे प्रधानमन्त्री शाह, भारतीय राज्यमन्त्रीले गरे स्वागत
  • २०८३ मंसिर ७, १९: ०८

नयाँ दिल्ली : प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा...

युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत
युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत
  • २०८३ मंसिर ७, १९: ०८

काठमाडौं : कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालसामु १२२ रनको सामान्य...