युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं : कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालसामु १२२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो । उसका लागि मुहम्मद शाहदादले ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए । युएईका बाँकी ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३-३ तथा राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले १-१ विकेट लिए ।

जारी प्रतियोगितामा नेपाल र युएई पहिलो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा भारत ‘ए’ र युएईले पाकिस्तान ‘ए’ विरुद्ध पराजयको सामना गरेका थिए । यस प्रतियोगितामा आठ वटा टोलीको सहभागिता छ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह भारत पुगे, उच्चस्तरीय भेटवार्ता गर्ने
प्रधानमन्त्री शाह भारत पुगे, उच्चस्तरीय भेटवार्ता गर्ने
  • २०८३ मंसिर ७, १५: ३०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री...

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित
एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित
  • २०८३ मंसिर ७, १५: ३०

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ...

नयाँ दिल्ली पुगे प्रधानमन्त्री शाह, भारतीय राज्यमन्त्रीले गरे स्वागत
नयाँ दिल्ली पुगे प्रधानमन्त्री शाह, भारतीय राज्यमन्त्रीले गरे स्वागत
  • २०८३ मंसिर ७, १५: ३०

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई...