
काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । पहिलो जित दर्ता गर्ने क्रममा नेपालले आइतबार युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध ६ विकेटको जित निकालेको हो ।
नेपालले पहिलो खेलमा भारत ‘ए’ विरुद्ध ३०६ रनको पराजय व्यहोरेको थियो । आज भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै सहज जित निकाल्यो । युएईले दिएको १२२ रनमको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।
नेपालको जितमा ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५६ बलमा छ चौका र एक छक्कासहित ५६ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो दशौं अर्धशतक हो ।
यसैगरी मयन यादवले २७ र बसिर अहमदले अविजित १८ रनको योगदान दिए । युएईका लागि बलिङतर्फ मोहम्मद मोहसिनले दुई तथा उद्देश सुरी र अङ्श टन्डनले समान १–१ विकेट लिए ।
त्यसअघि दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि मुहम्मद शाहदादले ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए । युएईका बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन–तीन तथा राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले १–१ विकेट लिए ।
यो जितपछि नेपालले महत्वपूर्ण २ अंक जोडेको छ । नेपाल अहिले समूह ‘बी’ तालिकामा २ अंकका साथ तेस्रो स्थानमा छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तान ‘ए’ विरुद्ध खेल्ने तालिका छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई...
काठमाडौं : कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालसामु १२२ रनको सामान्य...