जीवाश्म इन्धनको विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन निष्कर्षविहीन – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

जीवाश्म इन्धनको विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन निष्कर्षविहीन

काठमाडौँ । टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ जलवायु सम्मेलन जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा निष्कर्षविहीन बनेको छ ।

कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको प्रयोग घटाउने विषय समेट्न नसकेको भन्दै युरोपेली सङ्घसहित विभिन्न देशले चौथो मस्यौदा सम्झौताप्रति असन्तुष्टि जनाएका छन् । मस्यौदामा जीवाश्म इन्धनबारे स्पष्ट उल्लेख नभएपछि युरोपेली सङ्घले त्यसलाई अस्वीकार गरेको हो ।

युरोपेली सङ्घका प्रतिनिधि डाराग ओब्रायनले केही तेल उत्पादक राष्ट्रले सम्मेलनलाई आफ्नो स्वार्थअनुकूल प्रभावित पारेको आरोप लगाएका छन् । उनले प्रस्तावित सम्झौता जलवायु परिवर्तन नियन्त्रणका लागि पर्याप्त नभएको बताएका छन् ।

सम्मेलनका अध्यक्ष मुरात कुरुमले चौथो मस्यौदामा सहमति जुट्न नसकेको र नयाँ मस्यौदा जारी नहुने बताएका छन् ।

यसैबीच, रुसले जीवाश्म इन्धनको प्रयोग तत्काल अन्त्य गर्दा ऊर्जा सङ्कट र गरिबी बढ्न सक्ने तर्क प्रस्तुत गरेको छ । चीनले भने मस्यौदाप्रति केही असन्तुष्टि हुँदाहुँदै पनि त्यसलाई स्वीकार गर्ने जनाएको छ ।

जीवाश्म इन्धनको प्रयोग घटाउने स्पष्ट समयसीमा, विकासशील राष्ट्रलाई आवश्यक आर्थिक सहयोग तथा न्यायोचित ऊर्जा रूपान्तरणको ठोस योजना मस्यौदामा समेट्न नसकेको भन्दै वातावरणीय अभियानकर्मीहरूले पनि आलोचना गरेका छन् ।

जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य आवश्यक भइरहेका बेला जीवाश्म इन्धनको भविष्यबारे सहमति जुट्न नसक्नुले अन्तर्राष्ट्रिय जलवायु प्रयासमा चुनौती थपिएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता
  • २०८३ मंसिर ८, ०७: ४४

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ मंसिर ८, ०७: ४४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता
  • २०८३ मंसिर ८, ०७: ४४

नयाँ दिल्ली : भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।...