भारततर्फ तस्करी हुँदै गरेको ६५ सय बोरा केराउ सहित म्यानेजर श्रेष्ठ प्रहरीको नियन्त्रणमा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

भारततर्फ तस्करी हुँदै गरेको ६५ सय बोरा केराउ सहित म्यानेजर श्रेष्ठ प्रहरीको नियन्त्रणमा


नयाँ विकल्प
काठमाडौं– प्रदेश २ प्रहरीले नेपालबाट भारततर्फ तस्करी गर्न तयारी अवस्थामा राखेको छ हजार पाँच सय सय बोरामा राखिएकाे तीन सय क्विन्टल हरियो केराउ नियन्त्रणमा लिएको छ ।

प्रदेश २ प्रहरी कार्यालयले विशेष सूचनाका आधारमा प्रिज्मा एग्रो कमोडिटिज ट्रेडिङ प्रालीले भारततर्फ तस्करीकालागि तयारी अवस्थामा राखेको यतिकाे परिणामको केराउ बरामद गरेको हो ।
प्रहरीले प्रिज्मा एग्रो कमोडिटिज ट्रेडिङ प्रालिका म्यानेजर प्रभात श्रेष्ठलाइ पनि पक्राउ गरेकाे छ ।

बरामद भएकाे केराउ ललितपुरका ब्यापारी वेदान्तजंग राणाकाे हाे । नेपाल– भारत नाका नजिकै बाराकाे इनरवाबाट प्रहरीले साे ठूलाे परिणामकाे केराउ बरामद गरेकाे हाे ।


तस्करी हुन लागेको सो हरियो केराउको बजार मुल्य दुई करोड ६० लाख माथी पर्छ । नेपाल भारत सीमा नाका नजिकै इनारवा गाउँको एक गोदाममा भारततर्फ तस्करीकालागि लुकाएर राखेको अवस्थामा प्रहरीले केराउ बरामद गरेको दाबी गरिएकाे छ ।

प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ( डिआईजी ) धिरजप्रताप सिंहले नेपालबाट भारततर्फ तस्करी हुन लागेको सूचनाका आधारमा उक्त ठूलो परिणामको हरियो केराउ बरामद भएको जानकारी दिए ।

प्रदेश २ अन्तर्गतका ८ बटा जिल्लामा प्रहरीले तस्करी तथा अवैध क्रियाकलप विरुद्ध कडा निगरानी गरेको छ । नेपाल – भारत नाका अन्तर्गतको विरगंज लगायतका नाकाबाट हुने तस्करी पछिल्लो समयमा कमि आएको प्रहरीकाे दाबी छ ।

केराउ तस्करीकालागि राणाले प्रयोग गरेको ना ६ त ८७१० नम्बरको ट्याक्टर समेत नियन्त्रणमा लिइएको छ । प्रदेश २ प्रहरीमा डिआइजी सिंहले कमाण्ड सम्हालेसंगै मातहतको प्रहरीले गैरकानुनी क्रियाकलापविरुद्ध कडा निगरानी सुरु गरेको छ ।

सम्बन्धित समाचार

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १४, १८: ००

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १४, १८: ००

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ आश्विन १४, १८: ००

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...