कांग्रेसले संघीय संसद्को विशेष अधिवेशन माग गर्ने – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कांग्रेसले संघीय संसद्को विशेष अधिवेशन माग गर्ने


नयाँ विकल्प,
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रण गर्न सरकार असफल भएको र संकटको मौकामा भ्रष्ट्राचार मौलाएको विषयमा छलफल गर्न भन्दै संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्डमा बुधबार दिउँसो भएको संस्थापन पक्षधर पदाधिकारीसँगको छलफलमा नेताहरुले विशेष अधिवेशनको माग गर्नु पर्ने निष्कर्ष निकालेका हुन् ।

कांग्रेसले झण्डै एक वर्षदेखि रिक्त प्रतिनिधिसभाको उपसभामुखको चयन हुनु पर्ने माग समेत जोडतोडका साथ उठाउने भएको छ । संविधान अनुसार सभामुख सत्तारुढ दल नेकपाबाट पुरुष रहेकाले उपसभामुख भने अन्य दलको महिला सांसदले मात्र प्रतिष्पर्धा गर्न पाउँछन् ।

संसद्मा रहेका अन्य विपक्षी दलसमेतको सहकार्यमा विशेष अधिवेशन बेलाउने कांग्रेसको तयारी रहेको छ । देउवा निवास वुढानिलकण्ठमा भएको सो भेलाले असन्तुष्ट नेता रामचन्द्र पौडेल पक्षले पार्टी कार्यालय सानेपामा दर्ता गराएको ज्ञापनपत्रका विषयमा समेत छलफल भएको थियो ।

पौडेल पक्ष २७ जना केन्द्रीय सदस्यहरुले विभागहरुको गठन, क्रियाशील सदस्यताको वितरण र नवीकरण लगायतका विषयमा असन्तुष्टि जनाउँदै केन्द्रीय समिति बैठकअघि नै आफ्ना माग सम्बोधन गर्न अल्टिमेटम दिएको थियो ।

संस्थापन पक्षधर नेताहरुको सो बैठकले सरकारले कोरोना नियन्त्रणका लागि कुनै प्रयास नगरेको, विदेशमा रहेका नेपालीलाई उद्धारको नाममा दोब्बर शुल्क लिने गरेको, भ्रष्टाचार मौलाएको लगायतका माग राखी भौतिक दूरी कायम गरी सडक संघर्ष गर्ने निष्कर्ष समेत निकालेको छ ।

अनौपचारिक छलफलले पार्टी केन्द्रीय कार्यसमितिको आगामी असोज १९ गते बोलाइएको बैठकको एजेण्डाको विषयमा छलफल गर्न असन्तुष्ट नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहित पदाधिकारी र पूर्वपधिकारीको बैठक असोज १७ गते विहान ९ बजे बुढानिलकण्ठमा बोलाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र पार्टी कार्यालयका कर्मचारीको बिहीबार पिसिआर परिक्षणको लागि स्वाब लिने भएको छ । त्यसको रिपोर्ट शुक्रबार साँझसम्म आउने भएपछि पदाधिकारीको अनौपचारिक छलफल शनिबार बोलाइएको हो ।

सम्बन्धित समाचार

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १४, १९: १३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १४, १९: १३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन १४, १९: १३

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...