अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ ।

छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइएको हो । दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत समापन गरिन्छ ।

यस अवसरमा मधेश, तराई र मिथिलाञ्चलका गाउँ-सहरका पोखरी, नदीघाट र तालतलैयाहरू आकर्षक रूपमा सजाइएका छन् । स्थानीय बासिन्दा तथा युवाहरूले पोखरी र घाटहरूको सरसफाइ गरी रंगीन बत्ती, पण्डाल र टेन्ट लगाएर छठ पर्व मनाउने तयारी गरेका छन् । यसले गाउँ-गाउँमा समेत छठ पर्वको रौनकतालाई बढाएको छ ।

आजको सन्ध्या अर्घ्य र सोमबार बिहानको प्रातः अर्घ्यका लागि घर–घरमा पूजा सामग्रीको जोहो गर्न व्रतालुहरू र उनका परिवारजन व्यस्त देखिएका छन् । बजारमा बाँसका डोला, सुप, फलफूल, नयाँ कपडा, तथा प्रसादका सामग्री किन्नेहरुको भिड बढेको छ ।

सम्बन्धित समाचार

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८३ कार्तिक ३०, १७: ५१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०८३ कार्तिक ३०, १७: ५१

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८३ कार्तिक ३०, १७: ५१

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...