
नयाँ विकल्प
काठमाडाैं – चिकित्सा शिक्षा सुधारकालागि १९ औं पटककाे अनसनमा रहेका डाक्टर गाेविन्द केसीका मागप्रति साझा पार्टीले ऐक्यवद्धता जनाएकाे छ ।
डाक्टर केसीको सत्याग्रहमा साझा पार्टीको ऐक्यवद्धता जनाउन साझा पार्टी संयोजक रवीन्द्र मिश्र र केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार डा. गोविन्द केसीलाई अनसन बसेकाे स्थान शिक्षण अस्पताल महाराजगंज पुगेका हुन् ।
संयोजक मिश्रले अनसनको १७ दिन भइसकेकाले तत्काल समिति बनाएर सार्थक वार्ता गरी केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् ।
साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले भुँईमान्छेको लागि एक थाेपा पानी समेत नखाई १७औं दिन सम्म कठोर आमरण अनसनमा बस्दा पनि सरकारले अनदेखा गर्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको टिप्पणी गरेका छन्।
‘डाक्टर केसी जनताका लागि हाड-छाला सुकाएर, ओठ कलेटी पारेर २ हप्ता अघिबाटै आमरण अनशनमा हुनुहुन्छ । यस्तो संवेदनशील विषय उठान गर्दा समाजवाद उन्मुख राज्यले ती मागको अपनत्व महशुस गर्नु त कता हो कता केसीका माग सम्बोधन गर्न अहिलेसम्म वार्ता टाेली समेत गठन गरेकाे छैन, याेभन्दा गैरजिम्मेवारी ब्यवहार के हुन सक्छ?’ परियारले भने ।
नेता परियारले सरकारप्रति व्यङ्ग्य गर्दै भनेका छन,‘सत्याग्रही केसीको माग सम्बोधनका लागि दुर्गा प्रसाँईहरुले ‘ग्रीन सिग्नल’ नदिएसम्म के राज्यकाे तमासा चलिनैरहने हो ?’
आमरण अनसनरत डाक्टर गाेविन्द केसीकाे स्वास्थ्य अवस्था अत्यान्तै कमजाेर बनेकाे भन्दै चिकित्सकहरूले चित्ता ब्यक्त गरेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...