विप्लव समूहकाे चन्दा आतंकले जनप्रतिनिधि नै गाँउ छाड्न थाले – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

विप्लव समूहकाे चन्दा आतंकले जनप्रतिनिधि नै गाँउ छाड्न थाले


नयाँ विकल्प
दाङ – प्रतिवन्धित नेकपा विप्लव समूहकाे चन्दा आतंक र यातनाका कारण गाँउ छाडेर भागेका सल्यानको शारदा नगरपालिका- १३का वडाध्यक्ष तुलसीराम रावत चार दिनपछि दाङको तुलसीपुरमा फेला परेका छन् ।

वडाध्यक्ष रावतले विप्लवका कार्यकर्ताको यातनामा परेको बताएका छन्। प्रहरीका अनुसार वडाध्यक्ष रावतले विप्लवका कार्यकर्ताले चन्दा मागेर यातना दिएकाे प्रहरीसँग बताएका छन् ।

‘विप्लव कार्यकर्ताले चन्दा मागेर यातना दिएपछि चन्दाको व्यवस्था गर्न दाङ झरेको भन्ने बयान रावतले प्रहरीलाइ दिएका छन् ।

यस विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । रावतले प्रहरीसंगकाे बयानमा अरू जम्मैले चन्दा दिइसकेका र आफूले मात्रै नदिएको हुँदा विप्लवका कार्यकर्ताले आफुलाई सारै टर्चर दिएको बताएकाे प्रहरीले जनाएकाे छ ।

वडाध्यक्ष तुलसीराम रावत

वडाध्यक्ष रावतले प्रहरीसमक्ष बुधवार मात्रै आफूले घोराहीस्थित एउटा पसल सञ्चालकलाई २५ हजार रूपैयाँ आइएमई गरेर पठाई दिएको र कोही माग्न आए दिनु भन्ने आग्रह गरेको बयान दिएका छन्।

चार दिनपछि फेला परेका वडाध्यक्ष रावतलाई जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापा आफै दाङको तुलसीपुर आइ लिएर गएको दाङ प्रहरीले जनाएकाे छ । रावत गत शनिबार सल्यानको सितलपाटीबाट नाइट बस चढेर दाङको तुलसीपुरस्थित बीपी चोकमा झरेका थिए।

दुई दिनदेखि घर नफर्किएपछि परिवारले उनी अपहरणमा परेको आशंका गरेका थिए। परिवारले उनको खोजी गरिदिन प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यान, कर्णाली प्रदेश प्रहरी कार्यालय, ५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङले खोजीलाई तीव्रता दिएका थिए।

उनको खोजी गर्न सल्यानबाट प्रहरीको एक टोली दाङ आएको थियो। घर नगएपछि रावतले छोरालाई फोन गरेर ‘म जिल्लामै बस्छु’ भनेका थिए। अर्को दिन फेरि फोन गरेर ‘मेरो खातामा २० हजार रुपैयाँ पठाइ देऊ’ भनेपछि उनी अपहरणमा परेको आशंका गरिएको थियो।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १५, ०८: ०४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १५, ०८: ०४

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १५, ०८: ०४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...