मुख्य सचिवमा बैरागी, अमेरिकी राजदूतमा डा. खतिवडा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
मन्त्रीहरुको बिदाईपछिको तेस्रो क्याविनेट बैठक

मुख्य सचिवमा बैरागी, अमेरिकी राजदूतमा डा. खतिवडा

नयाँ विकल्प,

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो शुक्रबार राखेको मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुलाई भनेका थिए – अब तपाईहरुसंग यो हैसियतामा भेट नहुन सक्छ, दुख नमान्नुहोला। तर उनको सो बिदाईपछि लगातर मन्त्रिपरिषदको बैठक बसीरहेको छ।

बिहीबार मात्रै प्रधानमन्त्री ओलीले बिदाई गरेका मन्त्रीहरुको तेस्रो बैठक बस्यो। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मन्त्रीहरुका बिषयमा कुरा नमिल्दा मन्त्रिपरिषद पुनर्गठन हुन सकेको छैन। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।

बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् ।

ती मन्त्रीका अनुसार मन्त्रिपरिषद्ले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको छ । आजै राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ ।

उनको औपचारिक संसदीय सुनुवाई समितिले शिफारिस गरेपछि उनलाई राष्ट्रपति समक्ष औपचारिक शिफारिस गरिने छ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १५, १२: ०१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १५, १२: ०१

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १५, १२: ०१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...