
काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस मौसमी प्रणालीका कारण अहिले कोशी प्रदेशका साथै देशका हिमाली भू–भागमा आंशिक बदली भएको छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज आइतबार दिउँसो कोशी र मधेस प्रदेशका साथै गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी प्रदेशको तराई भू–भाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति देशको हिमाली क्षेत्र, कोशी प्रदेशको तराई भू–भाग र मधेस प्रदेशमा आंशिक बदली भई अन्य स्थानको मौसम सफा रहनेछ। राति कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, भोलि सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नुका साथै एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...