बलात्कार-हत्याका घटनामा किन गम्भीर हुँदैनन गृहमन्त्री थापा ? – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
थापामाथि नै लागेको थियो, ‘यौन दुराचार’ को आरोप

बलात्कार-हत्याका घटनामा किन गम्भीर हुँदैनन गृहमन्त्री थापा ?



नयाँ विकल्प
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालमा भइरहेका बलत्कारका घटानाप्रति बिवादास्पद अभिब्यक्ति दिँदै आएका छन् ।
नेपालमा पछिल्लो समय दैनिक ७ जना बलात्कृत हूने गरेका छन् । तर गृहमन्त्री थापाले भने यी घटनाबाट चिन्ता लिनु पर्ने अवस्था नभएको भन्दै, आफ्नो असक्षमताको बचाउ गर्ने धृष्टता गरिरहेका छन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले संसारमा हुने बलात्कारका घटनामा नेपाल अन्तिम १५ मा रहेको भन्दै नेपालमाभन्दा अमेरिकामा धेरै बलत्कारका घटना हुने गरेको दृष्टान्त दिएर मुलुकमा भएका घटनालाई नजरअन्दाज गरेका छन् ।


सरकारले बलात्कार र यौनहिंसाका जघन्य अपराधलाई नियन्त्रण गर्न राज्यले चालेका कदम र प्रयास बारे पारदर्शी जवाफ समिति समक्ष दिन नसकेका गृहमन्त्री थापाले राज्य संयन्त्रको कमजोरी लुकाउन र ढाकछोप गर्न विदेशमा भएका कमजोर र नकारात्मक तथ्यलाई उदाहरण दिने गरेका छन् ।


१० साउन २०७५ मा कञ्चनपुरको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी निर्मला पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । १३ वर्षिया बालिका पन्तको बलात्कारपछि हत्या भयो तर हत्यारा अहिलेसम्म राज्यले फेला पार्न सकेका छैन् ।


सो घटनामा पनि संसदीय समितिले घटनाको विषयमा जानकारी माग्दा गृहमन्त्री थापाले त्यस बेला पनि नेपालमा भन्दा अमेरिकामा बलात्कारका घटना बढी हुने गरेको र नेपालमा बलात्कारका घटना बढ्नुको कारण सामान्तबादी समाज र मदिरा नै भएको कारण देखाएर उम्कने प्रयास गरेका थिए ।


निर्मला प्रकरण सेलाउन नपाउँदै बुधबार बझाङको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या भएको छ । साँझ ५ बजे घरबाट गोठतर्फ निस्किएकी सम्झनाको शव स्थानीय शिव मन्दिरभित्र क्षतविक्षत अवस्थामा फेला परेको थियो ।


देशमा पछिल्लो समय बढदै गएको बतत्कार र हत्याबारे गृहमन्त्रालयले न्यूनिकरणकालागि गरिरहेको प्रयासबारे समिति बैठकमा जवाफ दिँदा राज्यले चालेका कदमको जानकारी दिनुभन्दा घटना बृद्धि भएको भन्दा विदेशको नकारात्मक उदाहरण दिएर आफू पानी माथिको ओभानो बन्न खोजे ।


गृहमन्त्री थापाले ‘अपराधीलाई कानुनको कठघरामा ल्याउन ढिलाई भएको स्विकार त गरे तर चिन्ता लिने अवस्था नभएको भन्दै जिम्मेबारीबाटै पन्छिने प्रयास गरे ।

गृहमन्त्री थापाले विश्वमा सवा दुई सय देशको अवस्थाको विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति नभएको दावी गरे । थापाले पछिल्लो समय बलत्कारका घटना न्यूनीकरण गर्ने सन्दर्भमा सरकारबाट प्रयास बारे स्पष्ट जवाफ दिन सकेनन् ।


थापाले समितिमा दिएको जवाफ हेर्नुस त ‘बलत्कारको ग्राफ हेर्ने हो भने हाम्रो स्थान धेरै पछाडि नै छ । सवा दुई सय देशमा हुने बलत्कारका घटनामा हाम्रो स्थान पछाडि छ । यी घटनालाई पछाडिबाट हेर्दा सायद टप १५ मा हामी छौँ भन्ने विश्लेषणबाट देखिन्छ । हामीभन्दा अगाडि विकसित मुलुक छन ।’

थापाले बलत्कारका घटना नेपालमा भन्दा अमेरिकालगायत दक्षिण अफ्रिकामा धेरै भएको बताए । थापाले बलत्कारका घटनामा अमेरिका पनि टपटेनभित्र पर्ने बताए ।

गृहमन्त्री थापा पनि बलत्कारको आरोपी

गृहमन्त्री थापा स्वयं माओवादीको शसस्त्र द्वन्द्वको समयमा ‘यौन दुराचार’ को आरोपी हुन । सशस्त्र द्वन्द्वका बेला २०५४ मा थापामाथि पार्टीकी केन्द्रीय तहकी नेतृमाथि यौन दुराचारको अभियोगमा बादललाई पार्टीले कारबाही समेत गरेको थियो ।

पार्टीले छानविन समिति गठन गरी प्रतिवेदनको आधारमा उनलाई यौन दुराचारमा संलग्न रहेको पुष्टि गरेको थियो । त्यसपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही ग¥यो । एक बर्षबढी पार्टीको सबै जिम्मेवारीबाट हटाइएको थियो ।

उनै गृहमन्त्री थापाले पछिल्लो समय बलत्कार लगायतका घटना बढिरहेका कतिवेला अमेरीका र कुनै बेला अफ्रिकी मुलुको उदाहरण देखाएर नेपालमा भइरहेको जघन्य अपराधलाई सामान्यीकरण गर्दै अभिव्यक्ति दिन थालेपछि उनको चौतर्फी आलोचना र विरोध हुने गरेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १५, १२: ५५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १५, १२: ५५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १५, १२: ५५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...