कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएपछि मन्त्रिपरिषद्को वरीयताक्रमअनुसार श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको बताइएको छ । प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपतिले श्रेष्ठलाई उक्त जिम्मेवारी तोक्नेछन् ।

प्रधानमन्त्री शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार औपचारिक भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

विपद्पीडितको पुनर्स्थापनामा ढिलाइ नगर्न सरकारलाई कांग्रेस सभापति थापाको आग्रह
विपद्पीडितको पुनर्स्थापनामा ढिलाइ नगर्न सरकारलाई कांग्रेस सभापति थापाको आग्रह
  • २०८३ मंसिर ७, १२: ५८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढीपहिरोबाट विस्थापित भएका नागरिकको पुनर्स्थापना प्रक्रियामा ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन् ।...

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत
भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत
  • २०८३ मंसिर ७, १२: ५८

काठमाडौं : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका...

मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
  • २०८३ मंसिर ७, १२: ५८

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णसँग उनले आज...