आगलागी पीडित प्रेम राईलाई नेपाली कांग्रेस नगर कार्यसमिति र कांग्रेस ९ नम्बर वार्डको समन्वयमा आर्थिक सहयोग हस्तान्तरण – Naya Bikalpa
November 25, 2026, Wednesday      Epaper

आगलागी पीडित प्रेम राईलाई नेपाली कांग्रेस नगर कार्यसमिति र कांग्रेस ९ नम्बर वार्डको समन्वयमा आर्थिक सहयोग हस्तान्तरण

हडिया : उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित विष्णुजगमा आगलागीबाट घर तथा धनमाल गुमाएका प्रेम राईको परिवारलाई नेपाली कांग्रेसले आर्थिक सहयोग उपलब्ध गराएको छ।

नेपाली कांग्रेस चौदण्डीगढी नगर कार्यसमितिले वडा नम्बर ९ को वडा कार्यसमितिको समन्वयमा पीडित परिवारलाई ५४ हजार ६५० रुपैयाँ नगद सहयोग गरेको हो।

नेपाली कांग्रेस चौदण्डीगढी नगर सभापति युवा नेता प्रवत दाहालले पीडित परिवारको दुःखमा साथ दिँदै पीडामा मलम लगाउने उद्देश्यले आर्थिक सहयोग हस्तान्तरण गरिएको र विगतमा पनि यस्ता सामाजिक कार्य गर्दै आएको बताएका छन्।

सभापति पर्बत दाहाल भने विपद्का बेला राजनीतिक आस्था र अन्य विषयभन्दा मानवीय संवेदनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै पार्टीले मानवीय दायित्वबोधका साथ नगद सहयोग उपलब्ध गराएको बताए ।

त्यसैगरी ९ नम्बर वडाका युवा नेता प्रदीप कार्कीले पनि आफ्नो क्षेत्रका बासिन्दासँग सुख र दुःखको साथी बन्दै आएको र यस्ता कार्यमा अग्रसर भएर काम गर्ने बताए । लामो समयदेखि समाजसेवामा समेत सक्रिय युवा नेता प्रदीप कार्कीले पीडित परिवारको दुःखमा साथ दिन पाउँदा आफूलाई खुसी मिल्ने बताए । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने युवा नेता कार्कीले बताए ।

गत मंसिर ८ गते दिउँसो प्रेम राईको टिन र काठले बनेको एकतले घरमा अचानक आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो । आगलागीबाट घरभित्र रहेका नगद, सुनचाँदी, खाद्यान्न, लत्ताकपडा तथा भाँडाकुँडासमेत नष्ट भएका थिए ।

आगलागीले राईको घरसँगै नजिकै रहेका दुईवटा गोठसमेत जलेर नष्ट हुँदा करिब ७ लाख ६९ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनामा मानवीय तथा चौपायाको क्षति भने भएन ।

सम्बन्धित समाचार

असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन कांग्रेस महामन्त्री डा. संग्रौलाको आह्वान
असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन कांग्रेस महामन्त्री डा. संग्रौलाको आह्वान
  • २०८३ मंसिर १०, २०: १३

काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टी एकताका लागि असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी...

दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
  • २०८३ मंसिर १०, २०: १३

काठमाडौं : सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश जारी...

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव, लगानीका क्षेत्र पनि विस्तार गरिने
नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव, लगानीका क्षेत्र पनि विस्तार गरिने
  • २०८३ मंसिर १०, २०: १३

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्तीय उपकरणको दायरा विस्तार गर्ने प्रस्ताव...