
काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टी एकताका लागि असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी छन् ।
निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमिति र संशोधित विधानलाई अद्यावधिक गर्दै आधिकारिक मान्यता दिएपछि महामन्त्री संग्रौलाले यस्तो आह्वान गरेकी हुन् ।
उनले पार्टीले पूर्ण वैधानिकता प्राप्त गरिसकेको उल्लेख गर्दै विगतका सबै तिक्तता र मतभेद बिर्सेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन आग्रह गरेकी छन् ।
साथै, संगठन सुदृढीकरणको अभियानमा एकजुट भएर अघि बढ्न पार्टीबाहिर रहेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई उनले अपिल गरेकी छन् ।
हडिया : उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित विष्णुजगमा आगलागीबाट घर तथा धनमाल गुमाएका प्रेम राईको परिवारलाई नेपाली कांग्रेसले आर्थिक...
काठमाडौं : सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश जारी...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्तीय उपकरणको दायरा विस्तार गर्ने प्रस्ताव...