
नयाँ विकल्प
काठमाडाैं – नेपाली सेनाकाे सहायक रथीबाट उपरथीमा वढुवा भएका शरदलाल श्रेष्ठलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले दर्जयानी चिन्ह प्रदान गरेका छन । बिहीबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएकाे हाे ।
नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णयअनुसार सहयाक रथी शरदलाल श्रेष्ठलाई उपरथी पदाेन्नती गर्ने निर्णय गरेकाे थियाे । श्रेष्ठ नेपाली सेनाले निर्माण गरिरहेकाे बहुप्रतिक्षित काठमाडाैं – तराइ जाेड्ने फास्ट ट्रयाकका याेजना प्रमुख समेत हुन् ।
पदोन्नति भएका प्राविधिक तर्फका उपरथी शरदलाल श्रेष्ठलाई श्री दर्जयानी चिन्ह प्रदान गरेसंगै प्रधान सेनापती थापाले ईन्जिनियरिङ विभाग, विभागीय प्रमुखको जिम्मेवारी दिईएको सैनिक मुख्यालयले जनाएकाे छ । साे कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं । झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...