
काठमाडौं : भारत सरकारको सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ स्थित श्री दिव्य दीप माध्यमिक विद्यालयमा निर्माण गरिएको छात्रावास भवन उद्घाटन गरिएको छ।
भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बिहीबार संयुक्त रूपमा नवनिर्मित छात्रावास भवन उद्घाटन गरेका हुन्।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्षसहित स्थानीय सरोकारवालाले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले विद्यार्थी तथा शिक्षकका लागि सिकाइको वातावरण सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भारतीय राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत भारत सरकारले नेपालका सातवटै प्रदेशमा हालसम्म ६०५ वटा परियोजना अघि बढाएको छ। तीमध्ये गण्डकी प्रदेशमा ६४ वटा परियोजना रहेका छन्। मुस्ताङ जिल्लामा मात्रै १८ वटा परियोजना सञ्चालनमा छन्।

यसैगरी, भारत सरकारले गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ। तीमध्ये मुस्ताङ जिल्लाले ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस प्राप्त गरेको छ।
भारतले यस्ता परियोजनामार्फत नेपालका प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास तथा समृद्धिका लागि सहयोग गर्दै आएको जनाएको छ।
काठमाडौं : नेपाल सरकारले ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने गरी नेपाल राजपत्रमा प्रकाशन गरेको निर्णयप्रति नेपाली...
काठमाडौं : नायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको...
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।...