
काठमाडौं : नेपाल सरकारले ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने गरी नेपाल राजपत्रमा प्रकाशन गरेको निर्णयप्रति नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका समितिले कडा आपत्ति जनाएको छ ।
उक्त वर्गीकरणले नेवार समुदायको पहिचान, आत्मसम्मान र ऐतिहासिक विशिष्टतामाथि गम्भीर आघात पुर्याएको भन्दै महानगर समितिले निर्णय तत्काल खारेज गर्न माग गरेको हो।
महानगर समितिका सभापति सुसन वैद्यले जारी गरेको विज्ञप्तिमा नेवार समुदायसँग कुनै छलफल, सहमति र पर्याप्त वैज्ञानिक अध्ययनबिना हचुवाका भरमा गरिएको निर्णय स्वीकार्य नहुने स्पष्ट पारिएको छ। आफ्नै भाषा, लिपि, संस्कृति, परम्परा र मौलिक सभ्यता भएको आदिवासी जनजाति समुदायलाई सरोकारवालाको आवाज नसुनी वर्गीकरण गरिँदा समुदायबीच अनावश्यक विभाजन बढ्ने तथा वास्तविक दलित समुदायका हक–अधिकारका मुद्दाहरूसमेत ओझेलमा पर्ने जोखिम रहेको काँग्रेसले औँल्याएको छ।
सरकारले जारी गरेको उक्त विवादास्पद सूची तत्काल र पूर्ण रूपमा खारेज गरी खारेजीको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न महानगर समितिले जोडदार माग गरेको छ। साथै, भविष्यमा कुनै पनि समुदायको पहिचान र सूचीकरणसम्बन्धी नीति निर्माण गर्दा सम्बन्धित जातीय तथा सामुदायिक संस्था, विज्ञ र सरोकारवालासँग अर्थपूर्ण परामर्श एवं तथ्यपरक अध्ययन गर्न सरकारलाई आग्रह गरिएको छ।
विभिन्न जातीय तथा सामुदायिक प्रतिनिधिहरूसँगको सल्लाहका आधारमा काङ्ग्रेस काठमाडौँ महानगर समितिको आयोजनामा आज दिउँसो ३:०० बजे काठमाडौँको असन डबलीमा विरोध प्रदर्शन गर्न लागिएको ५ ।
सभापति वैद्यका अनुसार सरकारले गलत निर्णय फिर्ता नगरेसम्म विरोधका कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् ।
पत्रकारज्यूहरु
काठमाडौं : नायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको...
काठमाडौं : भारत सरकारको सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ स्थित श्री दिव्य दीप माध्यमिक विद्यालयमा निर्माण गरिएको छात्रावास भवन उद्घाटन गरिएको...
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।...