
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले गाँजासहित एउटा गाडी बरामद गरेको छ ।
प्रहरीका अनुसार शनिबार साँझ करिब ५ः४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंकास्पद लागेर रोक्न खोजिएको थियो । तर, चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए ।
त्यसपछि प्रहरी चौकी पथलैया र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले गाडीलाई पछ्याएको थियो । प्रहरीको पीछा गर्ने क्रममा चालकले दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर फरार भएका थिए ।
प्रहरीले जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गरे पनि चालक फेला पार्न सकेन । चालक भागेको दिशातर्फबाट एउटा किप्याड मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको गाडीको पछाडिको डिक्की जाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएको २३७.१७० ग्राम गाँजा बरामद भएको हो ।
प्रहरीले गाँजासहित गाडी नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौं : काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ...
काठमाडौं : नेपाल सरकारले ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने गरी नेपाल राजपत्रमा प्रकाशन गरेको निर्णयप्रति नेपाली...
काठमाडौं : नायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको...