
एजेन्सी
नयाँ दिल्ली – भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उत्तर प्रदेशमा भएको सामूहिक बलात्कारपछि निधन भएकी महिलाको परिवारलाई भेट्न जाँदै गान्धीलाई यमुना एक्सप्रेस वेबाट प्रहरीले पक्राउ गरेको हो ।
उत्तर प्रदेशको वाड्रा हाथरसमा भएको सामूहिक बलात्कारपछि मंगलबार नयाँ दिल्लीमा उपचार गराइरहेकी महिलाको निधन भएपछि राहुल गान्धी र प्रियंका गान्धी पीडितको परिवारलाई भेट्न त्यसतर्फ जाँदै थिए ।
उनीहरुलाई पीडितको घरसम्म जान सवारी साधनलाई प्रहरीले रोकेपछि गाडीबाट ओर्लेर पैदलै जाँदै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । प्रहरीले राहुललाई समात्ने क्रममा केहीबेर झडपसमेत भएको थियो ।

झडपमा प्रहरीले उनको कठालो समातेको र उनी भुइँमा लड्न पुगेका भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
राहुलको हातमा चोट लागेको जनाइएको छ । पक्राउपछि राहुलले भने ‘प्रहरीले मलाई धक्का दियो, लाठी चार्ज गर्यो, के यो देश मोदीले मात्र चलाउन सक्छन् ? आफूलाई संविधानको कुन धारामा रहेर गिरफ्तार गरेको भनी राहुलले प्रहरीलाई सोधेका थियो ।
गान्धीले मोदी स रकारमा साधारण जनताले सडकमा हिँड्न पनि नपाउने ? भनी प्रश्न गरेका थिए । गान्धीलाई प्रहरीले हिँड्न रोक लगाएपछि गान्धि समर्थक कार्यकर्ताले उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथका बिरुद्ध नारावाजी गरेका थिए ।

युपी प्रहरीले राहुल र उनकी वहिनी प्रियंकालाई एक सय ४२ किलोमिटर वरै रोकेको थियो । प्रहरीले कोरोना भाइरस संक्रमणका कारण मान्छेलाई भेला हुन र हुल बाँधेर हिँड्न रोकेको जनाएको छ ।
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...
ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...
काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...