विशाल ग्रुपको गाेदाममा प्रहरीकाे छापा ९ जना नियन्त्रणमा,बच्चाकाे पाेषक र सडेका खाना भेटियाे – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

विशाल ग्रुपको गाेदाममा प्रहरीकाे छापा ९ जना नियन्त्रणमा,बच्चाकाे पाेषक र सडेका खाना भेटियाे

नयाँ विकल्प

काठमाडौं – व्यापारिक समूह विशाल ग्रूपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार गरेको संयुक्त अप्रेशनमा यस्तो भेटिएकाे हाे । म्याद सकिएको खाद्य वस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा मेशिनसहित विभागले ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमा आयन इन्टरनेश्नल नामक वितरक समूहका प्रमुख बताउने रोशन बात्रासहित नयाँ म्याद टाँस्ने काममा संलग्न कर्मचारीहरु छन् ।

स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित बजारमा नियमित प्रयोगमा रहेका आधा दर्जन खाद्य वस्तुमा म्याद सकिएपछि पनि पुनः नयाँ म्याद राखेर बजार पठाउने गरेको भेटिएको थियाे ।

मानव स्वास्थ्यमा गम्भीर असर पर्ने लेवलमा खेलबाड गरेको पाइएपछि थप अनुसन्धान अघि बढाइएको विभाग स्रोतले जानकारी दिएको छ । आयन इन्टरनेशनलका सञ्चालक पुष्पादेवी अग्रवाल रहेको र उनका दुई छोराहरुले व्यापार सम्हालिरहेको पाइएकाे छ ।

पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी बृत्त दरबारमार्गमा राखेर अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका ९ मध्ये बात्रा भारत राजस्थानका नागरिक हुन् भने अन्य नेपाली कामदारहरु रहेको विभागले जनाएको छ ।

बच्चाले खाने बाेर्नभिटा, स्नेकर्स चकलेट, प्रिङ्गल्स चिप्स र ट्याङ जुसमा धमाधम नयाँ म्याद टाँस्दै गरेको भेटिएको थियो । खाद्य कानुन अनुसार म्याद सकिएको वस्तु आयातकर्ताले बजारबाट फिर्ता मगाएर नष्ट गर्नुपर्छ ।

काठमाडौंमा बिहीबार फेला परेका वस्तुहरु पसलबाट म्याद नाघ्नेबितिक्कै सस्तोमा फिर्ता लिएर पुनः नयाँ लेबल लेख्ने गरेको पाइएको वाणिज्य विभागले जनाएको छ ।

सम्बन्धित समाचार

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १६, ०८: १८

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १६, ०८: १८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन १६, ०८: १८

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...