वामदेव बिरुद्धको रिटको सुनुवाईको पेशी संवैधानिक इजलासको पहिलो नम्बरमा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

वामदेव बिरुद्धको रिटको सुनुवाईको पेशी संवैधानिक इजलासको पहिलो नम्बरमा

नयाँ विकल्प ,

काठमाडौं –वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सरकारकाे निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको आज पनि सुनुवाई हुँदै छ। संबैधानिक इजलासकाे पेशी सूचीमा पहिलो नम्बरमा यो रिट परेको छ।

गौतम पक्षबाट बहस गर्नका लागि करिव ४० जना कानून ब्यबसायीले बहस गर्न नाम लेखाएका छन् । तर उनीहरुका लागि २ घण्टाको समय छुट्याइएकाे छ। बुधबार संवैधानिक इजलासमा सुरु भएको गौतमविरुद्धको रिट निवेदनको बहस नसकिएर शुक्रबारका लागि हेर्दा हेर्दैमा थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको नियुक्ति बदर गर्न माग गर्दै असोज ५ गते रिट दायर गरेका थिए। बुधबार रिट निवेकदकका तर्फबाट त्रिपाठी, अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरि उप्रेतीलगायतले बहस गरेका थिए।

गौतमको तर्फबाट महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले बहस गरेका थिए। गौतमविरुद्धको रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा, न्यायाधीशरु दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ,र ईश्वर प्रसाद खतिवडा रहेको सबैधानिक ईजलासमा भइरहेकाे छ । .

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १६, ११: ०६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १६, ११: ०६

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १६, ११: ०६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...