प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न ‘सहमति विपरित किन काम गर्नुहुन्छ ?’ ओलीको जवाफ ‘पछि छलफल गरौंला’ – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न ‘सहमति विपरित किन काम गर्नुहुन्छ ?’ ओलीको जवाफ ‘पछि छलफल गरौंला’

नयाँ विकल्प,

काठमाडौं – प्रचण्डलाई नभेट्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः भेट्न बाध्य भए। प्रचण्डले शुक्रबार बिहान जसरी पनि प्रधानमन्त्रीको समय मिलाउन सचिवालयलाई दवाव दिएका थिए।

उनले पार्टीमा एउटा सहमति भएको तर सो विपरित प्रधानमन्त्री चलेको भन्दै समय मिलाउनका लागि दवाव दिएका थिए। त्यसपछि शुक्रबार बिहान प्रधानमन्त्री र अध्यक्ष भेट्नका लागि समय मिलाईयो।

करिव दुईघण्टा लामो भेटमा प्रचण्डले ‘सहमति एउटा हुन्छ, तपाई अर्को गर्दै जानुहुन्छ ।अनि कसरी एकताको काम सकिन्छ’ भन्दै राजदूत नियुक्ति लगायतका बिषयमा असन्तुष्टि पोखेका थिए।

त्यसपछि प्रधानमन्त्री ओलीले सचिवालयको बैठक बसेर यस बिषयमा शनिबार मिलाएर बसौला भन्दै प्रचण्डलाई आश्वास्त पारेको स्रोतले बतायो। भेटवार्तामा पार्टी एकताको बाँकी काम र मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा समेत छलफल भएको थियो ।

तर प्रचण्डले प्रधानमन्त्रीको सहमति विपरित चल्ने बानीले यी काम धेरै जटिल हुने चेतावनी दिएका थिए। स्थायी कमिटी बैठकको निर्णयअनुसार सचिवालयले दश दिनभित्र पार्टी एकताको खाका बनाउन दिएको जिम्मेवारीका बिषयमा केही समय छलफल भएको थियो।

असोज ६ गतेको सचिवालय बैठकले दिएको दश दिनको समयसीमा आज सकिदैछ । तर अहिलेसम्म एकताको खाका टुंगो लागेको छैन ।

बैठकले प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र महासचिव विष्णुु पौडेलाई पार्टी एकीकरणको बाँकी कामको खाका तयार गरी बैठकमा पेश गर्ने जिम्मा दिएको थियो। तर प्रधानमन्त्री र अध्यक्षबीच मनमुटाव बढेका कारण यो खाका अलपत्र परेको बताइएको छ।

मन्त्रिपरिषद्को विहिवारको बैठकले मुख्यसचिवमा शंकरदास वैरागी र अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज खतिवडा र बेलायतको राजदूतमा मुख्यसचिवबाट राजिनामा दिने वित्तिकै लाेकदर्शन रेग्मीलाई सिफारिस गरेकोमा नेकपा भित्र फेरि असन्तुष्टि बढेको छ। यसले विवादको रुप लिने संकेत देखिएको छ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १६, १२: २९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १६, १२: २९

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १६, १२: २९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...