बर्षा सकिएपछि बृक्षारोपण गर्न भन्दै क्षेत्रफल नतोकी ठेक्का दिने तयारी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
नेपाली सेनाको बन तथा पर्यावरण सुरक्षा गणको टेण्डर

बर्षा सकिएपछि बृक्षारोपण गर्न भन्दै क्षेत्रफल नतोकी ठेक्का दिने तयारी


नयाँ विकल्प,
काठमाडौं – सामान्यतया बृक्षरोपण गर्ने कार्य बर्षायाममा गरिन्छ । तर, नेपालमा बर्षौंदेखि सरकारी निकायको योजना कार्यान्वय फलदायी भन्दा पनि बजेट खर्च गरेरै सफलता मान्ने संस्कारका कारण बर्षायाम सकिएपछि हिँउदमा बृक्षारोपण गर्न खोजिएको छ ।

यस्तो बेथितिको शिलशिला पछ्याउने निकाय नेपाली सेनाको श्री नं २ बन तथा पर्यावरण सुरक्षा गण हो । आफ्नो जिम्मेवारी क्षेत्रमा पर्ने दाङ जिल्लाको जनकल्याण सामुदायिक बन र नेवारकोट सामुदायिक बनमा बृक्षारोपण गर्न सो गणले टेण्डर आव्हान गरेको छ ।

गणले गत भदौ ३१ गते नै दाङका दुई सामुदायिक वन र नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा नं १ को बनदेवी सामुदायिक बनमा बृक्षारोपण र तारबार घेराउको लागि बोलपत्र आव्हान गरेको हो ।

दाङको जनकल्याण र नेवारकोट सामुदायिक बनामा बृक्षारोपण, तारवार र इनार खन्न भन्दै ७४ लाख २२ हजार ६ सय ४६ रुपैयाँ ६५ पैशा न्युनतम रकम निर्धारण गरी बोलपत्र आव्हान गरिएको छ ।

टेण्डरमा ती दुवै सामुदायिक बनको क्षेत्रफल र बृक्षरोपण गर्ने बृक्षको सख्या वा नाम र प्रकृति पनि उल्लेख गरिएको छैन । जसले गर्दा टेण्ठर नै अपारदर्शी रहेको स्वत स्पस्ट हुन्छ ।

बोलपत्रको बिड गर्ने अन्तिम मिति र बोलपत्र खोल्ने मिति असोज ३० गते नै तोकिएको छ । त्यस्तै बोलपत्र मान्य हुने अवधि तीन महिना अर्थात ९० दिन तोकिएको छ । सो सामुदायिक बनमा कति वटा इनार खन्नु पर्ने हो भन्ने विषयमा समेत स्पस्ट पारिएको छैन ।

सोही गणले नवलपरासी जिल्लाको सुस्तास्थित वनदेवी सामुदायिक बनमा वृक्षारोपण र तारबार गर्न मात्र न्युनतम २७ लाख ७३ हजार ७ सय ११ रुपैयाँ न्युनतम कबोल मुल्य तोकिएको छ ।

बनदेवी सामुदायिक बनको कति क्षेत्रफलमा कतिवटा बृक्ष रोपण गर्ने भन्ने विवरण खुलाईको छैन । अस्पस्ट कार्यक्षेत्रकै अभावमा ठेक्का लगाउने र ठेक्का लिनेबीच मिलेमतोमा थोरै क्षेत्रको काम गर्ने कमिसन लिने दिने योजना बनाएको देख्न सकिन्छ ।

यस्तै सेनाको श्री नं १ वन तथा पर्यावरण सुरक्षा गण रानीवास सिन्धुलीले गणको चुरे क्षेत्रमा पर्ने सिरहा जिल्लाको मिर्चौयास्थित मन्ठादेवी सामुदायिक बन क्षेत्रको एक किलोमिटर क्षेत्रमा ८१ हजार ६ सय बृक्ष रोपण गर्न बोलपत्र आव्हान गरिएको छ ।

सो टेण्डरमा भने क्षेत्रफल र बृक्ष रोपणको सख्या समेत उल्लेख गरिएको छ । यो बोलपत्रको न्युनतम कबोल मुल्य ८१ लाख ४४ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । यसरी हेर्दा यो ठेक्कामा एउटा बिरुवा रोप्न सरदर एक सय रुपैयाँको लागत देखाइएको छ ।

यो बोलपत्र आव्हानमा पनि बोलपत्र बिड गर्ने अन्तिम मिति र बोलपत्र खोल्ने मिति असोज ३० गते तोकिएको छ । यो बोलपत्रमा पनि ठेक्काको मान्य हुने अवधी तीन महिना अर्थात ९० दिन तोकिएको छ ।

बन तथा वातवरण मन्त्रालयले नेपालमा जेठदेखि भदौसम्मलाई बृक्षारोपणको लागि उपयुक्त समय हुने सिफारिस गर्दै आएको छ । तर, सरकारी निकायको परम्परागत शैली र ढाचाका कारण रोपिएका बिरुवा हुर्काउने र संरक्षण गर्ने कार्य नहुँदा बृक्षरोपण अनुसारको बन क्षेत्र विस्तार हुन सकेको छैन ।

सम्बन्धित समाचार

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १६, १३: ५९

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १६, १३: ५९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ आश्विन १६, १३: ५९

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...