बामदेवको मुद्धा फेरि हेर्दा हेर्दैमा, आउने बुधबारलाई सर्यो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper
गौतमलाई सांसद पद राँगो बेचेको खर्चले कुुखुराको उपचार जस्तै

बामदेवको मुद्धा फेरि हेर्दा हेर्दैमा, आउने बुधबारलाई सर्यो

नयाँ विकल्प,

काठमाडौं – नेकपा उपाध्यक्ष बामदेव गौतमबिरुद्ध सर्बोच्चमा परेको रिटको सुनुवाई बुधबार सम्मका लागि सरेको छ। त्यसबेलासम्म उनको मन्त्री बन्ने बाटो समेत रोकिएको छ।

शुक्रबार सो रिटमाथि अधिवक्ताहरु पदम पाण्डे, संजिव रेग्मी, डा. युवराज संग्राैला , राजवलाल बैद्य, शेरबहादुर केसीले बहस गरेका थिए। सो रिटमा गएको बुधवार बहस नसकिएकोले अाजका लागि सारिएको थियो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको सांसद नियुक्ति बदर गर्न माग गर्दै असोज ५ गते रिट दायर गरेका थिए।

बुधबार रिट निवेकदकका तर्फबाट त्रिपाठी, अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरि उप्रेतीलगायतले बहस गरेका थिए। गौतमको तर्फबाट महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले बहस गरेका थिए।

गौतमविरुद्धको रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा, न्यायाधीशरु दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ,र ईश्वर प्रसाद खतिवडा रहेको सबैधानिक ईजलासमा भइरहेको छ ।

गौतमलाई मन्त्री हुन त के सांसद हुन समेत प्रश्न उठाउदै रिट परेको छ। उनले सांसद हुनका लागि मुुद्धा मामिला झेल्नु परेको छ। उनका लागि सांसद पद प्राप्ती गर्नका लागि राँगो बेचेको खर्चले कुखुराको उपचार गर्नुजस्तै कठिन भएको छ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ आश्विन १६, १४: ३२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ आश्विन १६, १४: ३२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ आश्विन १६, १४: ३२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...